भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

काठमाडौं। अखिल नेपाल फुटबलसँग (एन्फा)ले भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा एएफसी एसियन कप छनोट २०२७ का खेल खेल्ने भएको छ।
छनोटअन्तर्गत भियतनामसँग नेपालले अक्टोबर १४ मा एक खेल घरेलु मैदानमै खेल्नुपर्ने थियो। तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अयोग्य भएपछि नेपालले उक्त अवसर गुमाएको हो।
योसँगै एन्फाले फिक्सिङलाई कम गर्न न्युटल भेन्यूमा खेल खेलाउनुपर्ने हो। तर, सधैं झैं योपल्ट पनि एन्फाले विपक्षीलाई नै फाइदा पुग्ने गरी उसैको घरेलु मैदानमा खेल राखेको हो। यसले फेरि फिक्सिङ हुने आशंका बढाएको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले पनि नेपालले ‘होम एन्ड अवे’ दुवै खेल भियतनाममा हुने पुष्टी गरिसकेको छ। एएफसीका अनुसार नेपालले ‘होम गेम’ हो ची मिन्ह सिटीको थों न्हाट रंगशालामा १४ अक्टोबरमा खेल्नेछ। त्यसअघि नेपालले अक्टोबर ९ मा बिन दुंग रंगशालामा ‘अवे’ खेल खेल्नेछ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)