काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको टिकट संख्या दुई हजार बढाएको छ।
एन्फाले मंगलबार मात्रै करिब ८ हजार मात्रै टिकट बिक्री गरिने जानकारी दिएको थियो। सो बेला १ हजारदेखि १२ सय बिक्री गरिने बताइएको थियोे।
सात हजार भने सामान्य पारापिटतर्फको बिक्री गरिने जानकारी दिएको थियोे। तर, दुई दिनपछि नै दुई हजार टिकट संख्या बढाएको हो।
एन्फाका कम्पिटिसन डाइरेक्टर सञ्जीव मिश्रले सम्पूर्ण ब्लकहरूको अध्यन गरेर टिकट संख्या बढाइएको जानकारी दिए।
तर, टिकट मूल्य भने यथावत् छ। खेलको टिकट एन्फा आफैंले बेच्दैछ। नेपालले भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
एन्फाले पहिलो टिकट बिक्रीको जिम्मेवारी टेन्डरमार्फत अन्यलाई दिँदै आएको थियो। तर, क्षमतालगायत अन्य कुरामा प्रश्न उठेपछि एन्फा आफैंले टिकट बिक्री गर्न लागेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।
उनका अनुसार भीआइपीतर्फको टिकट १ हजार र समान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रूपैयाँ तोकिएको छ।