• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
काँचो उमेर, परिपक्क जिम्मेवारी
बिक्रम बुढा क्षेत्री
शुक्रबार, जेठ ९, २०७७ बिक्रम बुढा क्षेत्री
काँचो उमेर, परिपक्क जिम्मेवारी
खेल सञ्चालनकाे क्रममा सपन । फाेटाे : खेलपाटी

पोखरा । फुटबल घरेलु खेलकुदमा धेरैनै लोकप्रिय छ । जुनसुकै उमेर समुहका मानिस फुटबल पछ्याउँछन्, माया गर्छन् । धेरै युवा राम्रो फुटबलर बन्ने सपना पाल्छन्, देशका लागि खेल्ने चाहना राख्छन् ।

खेलाडी हुने लक्ष्य त धेरैले राख्छन्, तर फुटबलमा प्राविधिक बन्ने सपना कमैले पाल्छन् । तिनै अपवाद मध्यका एक पात्र हुन्, सपन बस्नेत ।

२०५८ सालमा ललितपुरमा जन्मिएका सपन एन्फाका सबैभन्दा कान्छा रेफ्री हुन् । उनले व्यवसायीक रुपमा रेफ्री करियर सुरु गरेकै तीन बर्ष मात्र पुग्यो । खेलाडी करियरलाई बिट मार्दै उनी पछिल्ला तीन बर्षदेखि रेफ्रीको भूमिकामा छन् ।

‘कक्षा ५ मा हुँदादेखि सेन्ट्रल मिडफिल्डरको रुपमा खेल्न थालेको हुँ । माध्यमिक शिक्षा पार गरेपछि खेल्न भन्दा रेफ्री बन्न मन लाग्यो । त्यसपछि लगातार खेलाउने पेशामा आबद्ध छु ।’ उनी भन्छन् ।

उनी राष्ट्रिय रेफ्री हरिश कार्कीबाट प्रभावित भएको बताउँछन् । उनैलाई भेटेपछि सपन प्राविधिक करियरतर्फ आकर्षित भएको हुन् । मनोहरा कप खेल्ने क्रममा उनले हरिशलाई भेटेका थिए । त्यही भेट उनलाई रेफ्री करियरमा ढल्किन निर्णायक बन्यो । खेलाडीको रुपमा खेल्न गएका सपन रेफ्री बन्ने अठोट लिएर घर फर्किए ।

‘मनोहरा कप खेल्न गएको थिए । त्यही प्रतियोगिता रेफ्री जिवनको टर्निङ पोइन्ट बन्यो ।’ सपनले भने ।

सपनले हरिशसंग मनको कुरा बताए । रेफ्री बन्न मन भएको सुनाए । हरिशले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । केही दिनपछि हरिश आफैले फोन गरे । सानो गौचरणमा एक स्थानीय प्रतियोगिता खेलाउन मौका दिए । हरिशले सुरु सुरुमा सहयोग गरे । सपनको रेफ्री करियरको जस उनै हरिशलाई जान्छ ।

सपन फुटबलमा झन–झन सक्रिय बन्दै थिए । कलेजमा भने उनी बिज्ञान बिषय पढिरहेका थिए । उनको ध्यान पढाईमा कम, खेलमा ज्यादा हुन थाल्यो । कलेज ‘बंक’ गरेर खेलाउन हिड्न थाले ।

‘एडिक्सन जस्तै भयो । रेफ्री बस्ने मोहले कलेजनै हाप्न थाले । पढाइमा भन्दा खेलमा राम्रो गर्नुपर्छ भन्ने लाग्न थाल्यो ।’ उनी सम्झन्छन् ।

विस्तारै सपन प्रतियोगिता खेलाउनमै व्यस्त हुन थाले । काठमाडौं भित्र र बाहिर प्रतियोगिता भैरहन्थो । उनको माग पनि बढ्न थाल्यो । उनी निरन्तर रेफ्रीको भुमिकामा देखिन थाले । खेल्ने र खेलाउनेसंगको संगत बढ्दै थियो । उनले सुरुमै राष्ट्रिय रेफ्री प्रभात शर्मादेखि फिफा सहायक रेफ्री सदेव श्रेष्ठसंग काम गर्ने मौका पाए ।

उनी गत बर्ष एन्फा रेफ्री बन्न सफल भए । एन्फा रेफ्री बन्नु अघिनै ३० बढी प्रतियोगिता खेलाएको उनी दाबी गर्छन् । उनी एन्फाको २०१९ को ब्याजमा सर्वोकृष्ट रेफ्री बन्न सफल भए । उनले सहभागी ३६ जनालाई पछि पार्दै पहिलो स्थानमा नाम निकाल्न सफल भएका थिए ।

सपन उमेरले सानै छन् । जिवनको १९ औं बसन्तमा डुलिरहेका सपनले मैदान भित्र भने कडा जिम्मेवारी निभाईरहेका छन् । सपन खेल सञ्चालन गर्न उमेरले समस्या नपारेको तर्क गर्छन् । उनले फिफादेखि सिरियर रेफ्रीसंग काम गरेका छन् । कतैबाट नराम्रो ब्यवहार भोग्न नपरेको अनुभव सुनाउँछन् ।

‘सिनियर रेफ्रीसँग खेलाउन जाने भएकाले खेलाडीले नराम्रो व्यवहार गर्दैनन् । त्यसैले सानो उमेरको भएपनी राम्रो तरिकाले खेलाउन सकेको छु ।’ उनी भन्छन् ।

सपनले घरेलु फुटबलको दोस्रो डिभिजनको लिग समेत खेलाउने मौका पाएका छन् । कोरोना सकिएपछि बी डिभिजन लिगमा उनी मैदानमा देखिनेछन् ।

‘बी डिभिजन लिगमा रेफ्री बस्ने मौका पाएको छु । त्यसका लागि निकै आतुर पनि छु ।’ सपन भन्छन् ।

सपनलाई घरबाट पनि फुटबल करियरमा राम्रो साथ छ । फुटबलका कारण पढाईमा धेरै समय दिन नसकेपनि १२ कक्षा उनले पास गरेका छन् ।

खेलाडी जिवनबाट विश्राम लिदै रेफ्री करियर सुरु गरेका सपनको विश्वकपको छनोट खेलाउने सपना छ । एएफसीको इलाईट रेफ्री बनेर विश्वकप छनोट खेलको रेफ्री बन्ने उनको चाहना छ । सोही लक्ष्य पुरा गर्न आफु संघर्षरत रहेको उनी बताउँछन् ।

‘एकदिन विश्वकप छनोट खेलाउने लक्ष्य छ । संघर्ष गर्दै छु । त्यो पूरा गरेर नै छाड्छु ।’ उनी भन्छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP