• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
लामो दौडका पाँच फुटबलर
नमीन ढकाल
बिहीबार, जेठ ८, २०७७ नमीन ढकाल
लामो दौडका पाँच फुटबलर

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले सन् २०१५ मा पहिलो पटक साफ यू–१९ च्याम्पियनसिप आयोजना गरेको थियो ।

आयोजनाको जिम्मेवारी नेपालले पाएको थियो । नेपालले फाइनलमा भारतलाई पेनाल्टीमा ५-४ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो ।

हाल राष्ट्रिय टिममा रहेका विमल घर्ति मगर, अनन्त तामाङ, तेज तामाङ, अन्जन विष्ट, सुनिल बल लगायतका खेलाडी रहेका उक्त टिमले उपाधि जित्दा नेपालमा तहल्का मच्चिएको थियो ।

यिनै खेलाडी रहेको टिमले एएफसी यू–१४ च्याम्पियनसिपमा इराक, जोर्डन जस्तो एसियाली ‘पावर हाउस’ टिमलाई नै पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीबाट उत्पादित यस ‘ब्याच’ का खेलाडीबाट नेपालले धेरै आशा गरेको थियो । विमल, अन्जन र अनन्तले त युरोपमा गएर प्रशिक्षण समेत गरे ।

यस पछिका ब्याचबाट पनि केहि राम्रा खेलाडी आए । अर्पण कार्कीको कप्तानीमा रहेको यस ब्याचले भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिप उपाधि पनि जित्यो । यस ब्याचबाट अभिषेक रिजाल र सुमन अर्यालमात्रै राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

यसरी उमेर समूहबाट आफुलाई प्रमाणित गर्दै राष्ट्रिय टिममा पर्न सफल केहि खेलाडीको चर्चा तल गरिएको छ ।

उनीहरुलाई नेपाली फुटबलमा लामो दौडका फुटबलरको रुपमा हेरिएको छ । अर्थात् उनीहरुबाट नेपालले उमेर समूहमा जस्तै उत्कृष्ट नतिजाको आशा राखेको छ ।
उनीहरु लामो समय राष्ट्रिय टिममा रहने विश्वास गरिएको छ ।

१ . अभिषेक रिजाल

राष्ट्रिय टिममा पछिल्लो पटक डेब्यु गर्ने खेलाडी हुन् अभिषेक रिजाल । एन्फा एकेडेमीका यी खेलाडीले गत वर्ष मलेसियाविरुद्ध डेब्यु गरेका थिए ।

डेब्युपछिको दोस्रो खेलमै चाईनिज ताईपेविरुद्ध गोल गरेपछि अभिषेकले आफुलाई राष्ट्रिय टिममा स्थापित गरिसकेका छन् ।

मिडफिल्डर तथा स्ट्राइकर दुबै भूमिकामा देखिने अभिषेकको खेलबाट प्रभावित भएका स्विडिस प्रशिक्षक जोहान कालिनले प्लेईङ सेटमा उनलाई स्थान दिदै आईरहेका छन् ।

मनाङ फर्किए अभिषेक - Khelpati

राष्ट्रिय टिमबाट १ गोल गरिसकेका अभिषेक युवा पुस्ताका रुचार्एका खेलाडी समेत हुन् । अभिषेकले गत मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक जिताउदा महत्वपूर्ण भूमिका खेलेका थिए । पछिल्लो प्रदर्शनले उनलाई लामो दौडमा रहेका खेलाडीको रुपमा हेरिएको छ ।

२. रवि पासवान

फुटबलका हस्तिहरु आधुनिक फुटबललाई फिटनेशको खेल समेत भन्न रुचाउँछन् । जस्ले ९० मिनेटसम्म मैदानमा आफ्नो शतप्रतिशत फिटनेश देखाउँछ उनै राम्रो फुटबल खेलाडी ठहरिन्छ ।

नेपाली फुटबलमा पनि फिटनेशको पक्का खेलाडी हुन्, रवि पासवान । यी खेलाडीले न त नेपालको उमेर समूहमा नै मौका पाए न त एन्फा एकेडेमीको अनुभवनै । यी मिडफिल्डर खेलाडी मोफसलको प्रतियोगिताबाट आएका खेलाडी हुन् ।

पछिल्लो समय नेपाली फुटबलरलाई शतप्रतिशत फिटनेश दिन सक्दैनन् भन्ने आरोप छ । तर, त्यसलाई रविले गलत सावित गरिदिएका छन् ।

मुख्य प्रशिक्षकमा जोहान कालिन आएपछि खेलिएका ११ खेल मध्ये ९ खेलमा रविले नेपालको प्रतिनिधित्व गरेका छन् ।

पछिल्लो पुस्ताका प्रेरणाको स्रोत बनेका रविले राष्ट्रिय टिमबाट ९ खेल खेलिसक्दा ८ खेलमा प्लेईङ सेटमा रहेर खेलेका छन् ।

७५ साल चैतमा कुवेत भ्रमणमा डेब्यु गरेपछि रविले पछाडी फर्केन हेर्नुपरेको छैन । रविको फिटनेश र दौडको स्पिडको कारण उनलाई लामो समय नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको रुपमा हेरिएको छ ।

३. अन्जन बिष्ट

अन्जनले राष्ट्रिय टिमको ६ वर्षे यात्रामा २ गोल गरेका छन् । जुन अहिले निकैनै महत्वपूर्ण रहेको छ ।

कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्ध अन्जनले दुई गोल गरेका थिए । उमेर समूहबाट नै नेपालको प्रतिनिधित्व गरेका मिडफिल्डर अन्जनले युरोपमा समेत प्रशिक्षण गरेका छन् ।

होचा कदका अन्जनले आफुलाई राष्ट्रिय टिममा स्थापित गरिसकेका छन् । लामा प्रहार गर्न खप्पिस अन्जन मिडफिल्डर र स्ट्राइकर दुबै भूमिका निर्वाह गर्न सक्छन् ।

सन् २०१४ फिलिपिन्ससँगको खेलमा डेब्यु गरेका अन्जन त्यसयता भने निरन्तर टिममा छन् । अन्जन उमेर समूहको साफ यू-१९ सँगै बंगबन्धु गोल्डकप, सोलिडारीटी कप र १२ औं सागको उपाधि नेपालले प्राप्त गर्दा टिमका सदस्य थिए ।

४.अनन्त तामाङ

अनन्त नेपाली राष्ट्रिय टोलीको भरपर्दो डिफेन्डर हुन् । उनी पछिल्लो पुस्ताबाट राष्ट्रिय टिमको सेन्टर डिफेन्डरमा स्थापित गर्ने एक्ला खेलाडी समेत हुन् ।

अनन्त नेपालले एएफसी सोलिडारीटी कप, बंगबन्धु गोल्डकप तथा १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दाका महत्वपूर्ण सदस्य हुन् ।

सन् २०१५ बाट राष्ट्रिय टिममा डेब्यु गरेका अनन्त त्यसपछि लगातार टिममा छन् ।

अनुशासन र आफ्नो खेल कौशलमा प्रभावकारी देखिएका अनन्तले लामो समय टिममा आफुलाई स्थापित गराउने अनुमान गरिएको छ ।

५. विमल घर्तिमगर

स्ट्राइकर विमल सानै उमेरमा सफलताको शिखरमा पुगेका खेलाडीमा पर्छन ।

उमेर समुहमा उत्कृष्ट प्रदर्शन गरेपछि विमलले १४ वर्षकै उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाएका थिए ।

उमेर समूहको यू–१४, १६ र १९ मा आफुलाई प्रमाणित गरेका विमलले सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै आफुलाई अब्बल स्ट्राइकर भएको प्रमाणित गरेका थिए ।

विमलले युरोपका क्लबमा प्रशिक्षण गर्नुका साथै भारतीय आई लिग क्लब र माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिसकेका छन् ।

नेपालले बंगबन्धु गोल्डकप, एएफसी सोलिडारीटी तथा १२ औं सागको उपाधि जित्दा विमल टिममा रहेका थिए । तर, पछिल्लो समय भने विमलको खेल केहि खस्किएको छ । यस्तै उनी पटक पटक अनुशासनको कारबाहीमा पर्दै आएका छन् ।

सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु गरेका विमलले हालसम्म ८ गोल गरिसकेका छन् । हरि खड्का र निराजन रायमाझिको नाममा रहेको १३ गोलको कीर्तिमान विमलले तोड्ने अनुमान गरिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP