बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीको प्रश्न - तीन वर्षदेखिको पुरस्कार किन पाएनौं ?

मंगलबार, २३ बैशाख २०७७नमीन ढकाल
खेलाडीको प्रश्न - तीन वर्षदेखिको पुरस्कार किन पाएनौं ?
Loading ad...
mustang rice ad

काठमाडौं । सन् २०१७ को सेप्टेम्बरमा भुटानमा आयोजना भएको साफ यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो ।

थिम्पुमा भएको च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो ।

दोस्रो पटक च्याम्पियन बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई नगदसहित पुरस्कारको घोषणा गरेको थियो ।

तर, च्याम्पियनसिप सकिएको ३ वर्ष पुग्नै लाग्दा समेत खेलाडीले तोकिएको पुरस्कार पाउन सकेका छैनन् ।

लामो समय तोकिएको पुरस्कार नपाएपछि खेलाडीहरु एन्फालाई प्रश्न गर्न थालेका छन् ।

‘आशा गर्दा गर्दा १७ को पुरस्कार २० सम्म आईपुगिसक्यो । त्यसको अत्तोपत्तो छैन । अब कस्लाई के भन्नु ?’ उक्त साफ जित्दाका कप्तान तथा गोलरक्षक अर्पण कार्कीले खेलापाटीसँग भने ।

उपाधि जितेपछि नरेन्द्र श्रेष्ठको अध्यक्षमा रहेको एन्फाको कार्यसमितिले विजेता खेलाडीलाई २ लाख सहित पुरस्कृत गर्ने घोषणा गरेको थियो । तर, एन्फा नेतृत्व सम्हाल्न आईपुगेका कर्मा छिरिङ शेर्पाको कार्यसमितिले बेवास्ता गर्दा खेलाडीले पुरस्कार पाउन सकेका छैनन् ।

शेर्पाको नेतृत्वमा रहेको कार्यसमितिले समेत खेलाडीको पैसा दिने बताउँदै आएको छ । तर, त्यो भाषणमै सिमित बनेको छ ।

यस अघि एन्फाले मंसिरमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघिनै पुरस्कार दिने भनेर खेलाडीलाई लोभ देखाएको थियो ।

‘साग अघि नै पैसा दिन्छौं भनिएको थियो । दिन्छु भन्ने मात्रै तर नदिने एन्फाको प्रबृति भयो । म्याच जितेपछि पनि पैसा नपाउँनुको कारण चहि के हो,’ च्याम्पियन टिमका एक सदस्यले भने ।

‘बरु हामीलाई पैसा नदिनुको कारण एन्फाले बताईदिए हुन्छ । कि दिदैनौं भन्नु । कि दिनु । यसरी हामीलाई आशा देखिएर मन मात्रै पोल्छ । फकाएर सधै राखेर हुन्छ र ? अरुलाई दिने हामीलाई नदिने केहि कारण त होला ?,’ उनी प्रश्न गर्छन् ।

छिरिङ लोप्साङ साफ जित्दा टिमको प्रशिक्षक थिए । उनी एन्फा प्रदेश कमिटि-३ का प्रशिक्षक रहेका छन् ।

टिमको व्यवस्थापकमा तत्कालिन एन्फा सदस्य गणेश बहादुर चन्द थिए । चन्द अहिले एन्फाको कार्यसमितिमा छैनन् ।

तत्कालिन समय एन्फाको कार्यसमितले पुरस्कार दिने निर्णय गरेको तर नयाँ आएको कार्यसमितिले बेवास्ता गर्दा खेलाडीले घोषित पुरस्कार रकम नपाएको चन्द बताउँछन् ।

‘तत्कालिन कार्यसमितिबाट पुरस्कार बापत २ लाख दिने घोषणा भएको हो । पैसा नहुँदा केहि समयपछि दिने कुरा पनि भएको थियो । पछि माहोल चुनावमय भयो । नयाँ टिम आयो । तर पहलनै भएन,’ चन्द भन्छन् ।

चन्दले विराटनगरमा भएको साधारण सभामा समेत खेलाडीले पैसा पाउनुपर्ने माग राखेका थिए । पछि सबै तहका खेलाडीलाई एन्फाले पुरस्कार दिएपनि यस टिमलाई भने पुरस्कृत गरेन् ।

‘बैशाखमा दिनुपर्ने हो । खेलाडीले समेत तपाईको कारण नदिएको भन्छन् । पहलनै गरिनस् भन्छन् । मैले के भन्नु सधै,’ चन्दले थपे ।

यस अघि एन्फाले गत असोजमा विभिन्न विधाका उमेर समूहका खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको थियो । एन्फाले भारतमा भएको यू–१५ साफ उपविजेता टिमका खेलाडीलाई जनही २५ हजार र साफ–१८ फुटबलमा समूह चरणबाटै बाहिरिने टिमका प्रत्येक सदस्यलाई १० हजार दिएको थियो ।

यस्तै एन्फाले किर्गीस्तानमा भएको नादेझ्दा कपमा उपविजेता महिला टिमलाई ५० हजार र विश्वकप छनोटमा चाईनिज ताईपेलाई पराजित गर्ने प्रत्येक सदस्यलाई जनही २५ हजार दिएको थियो । तर त्यस समय पनि एन्फाले यू–१८ साफ विजेता टिमलाई बेवास्ता गर्यो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले पुरानो कार्यसमितिको निर्णय भएका कारण केहि ढिला भएको र बैशाखमा दिने निर्णय कार्यसमितिबाट भएको तर कोरोनाको कारण प्रभावित भएको बताए ।

‘एन्फा डे (आईतबार) मा दिने निर्णय कार्यसमितिले गरिसकेको छ । कोरोनाको कारण एन्फा डे समेत प्रभावित भएको छ । महामारी सामान्य अवस्थामा आएपछि हुने कार्यक्रममा दिनेछौं,’ महासचिव तुलाधरले भने ।

महासचिव तुलाधरले यू-१८ च्याम्पियन पुरुष टिमको २ लाख र १३ औं साग विजेता पुरुष खेलाडीलाई दिने भनिएको ५ लाख ५० हजार सँगै दिने समेत बताए ।

‘यस अघि आन्तरिक स्रोत नजुटेकालेनै खेलाडीले पुरस्कार रकम नपाएका हुन् । अब सो स्रोत पुरा भएको छ,’ तुलाधरले थपे ।

कोरोनाको कारण सरकारले लकडाउन गरेसँगै एन्फाको दिवस प्रभावित बनेको हो । तर, खेलाडीहरु भने लडडाउनको समयमा एन्फाले आफ्नो खातामा पैसा हाल्दिएमा आफुहरुलाई राहत मिल्ने बताउँछन् ।

‘लकडाउनको समय त्यो पैसा पाए धेरै सहयोग हुन्थ्यो । एन्फाले बेलैमा खेलाडीको हितमा निर्णय लिए हुन्थ्यो,’ च्याम्पियन टोलीका एक खेलाडी भन्छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन