• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
डेभिड बेकह्याम : खलनायक अनि नायक
खेलपाटी संवाददाता
आइतबार, वैशाख २१, २०७७ खेलपाटी संवाददाता
डेभिड बेकह्याम : खलनायक अनि नायक

विराज न्यौपाने ।

एजेन्सी । सन् १९९८, फ्रान्सले १६ औं संस्करणको विश्वकप फुटबलको आयोजना गरेको थियो ।

घरेलु मैदानमा साविक विजेता ब्राजिललाई ३-० गोल अन्तरले पराजित गर्दै फ्रान्स पहिलो पटक विश्व च्याम्पियन बनेको थियो ।

फ्रान्स विश्वकपमा फुटबल प्रेमीका लागि केहि सम्झनलायक र केहि बिर्सनलायक घटना घटे ।

साविक उपविजेता इटाली पहिलो चरणबाटै घर फर्कियो । इरानले अमेरिकालाई २-० ले स्तब्ध बनायो ।

त्यस समयका ब्राजिलियन स्टार रोनाल्डो फाइनलमा चल्न सकेनन् । उनले थुप्रै आरोप खेप्नु पर्यो ।

फ्रान्स विश्वकपमै अर्को घटनाले चर्चा पाएको थियो । इंग्ल्यान्डका स्टार डेभिड बेकह्यामको रातो कार्ड ।

शनिबार अर्थात् मे २ का दिन बेकह्यामले आफ्नो ४५ औं जन्मदिन मनाए । उनले जन्मदिन मनाईरहदा विश्व फुटबलले पुन: एक पटक बेकह्यामको फुटबल यात्रालाई सम्झिएका छन् ।

फ्रान्स विश्वकपको प्रि- क्वाटरफाइनलमा इंग्ल्यान्ड अर्जेन्टिनाको हातबाट टाइब्रेकरमा पराजित भएको थियो । जुन खेलमा बेकह्यामले रातो कार्ड पाएका थिए ।

1998 FIFA World Cup™ - News - When David met Diego - FIFA.com

३० जुन १९९८, प्रि-क्वाटरफाइनल खेल अतिरिक्त समयको खेल चलिरहदा स्कोर बोर्डमा २-२ गोलको बराबरी थियो ।

अर्जेन्टिनाका डिएगो सिमोनले बेकह्यामलाई फउल गर्न पुगे । तर, बेकह्यामले आफ्नो प्रतिक्रिया जनाईहाले ।

सिमोनको फउलको कारण मैदानमा लडेका बेकह्यामले लडेकै अवस्थामा सिमोनलाई लात्तीले हिर्काएका थिए । जसको कारण रेफ्रीले सिमोनलाई पहेलो कार्ड दिए । तर, बेकह्यामलाई रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए ।

निर्धारित समय २-२ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा अर्जेन्टिनाले ४-३ ले आफ्नो बनाउँदै क्वाटरफाइनलको यात्रा तय गर्यो ।

विश्वकपबाट बाहिरिएपछि आक्रोशित इंग्ल्यान्ड समर्थकले बेकह्यामको तस्बिर र जर्सी जलाए । उनलाई ज्यान मार्ने धम्की दिए । किनकी समर्थकले अर्जेन्टिनासँगको हारको मुख्य कारण बेकह्याम र उनको रातो कार्डलाई ठानेका थिए ।

विश्वकपपछि मिडफिल्डर बेकह्याम खलनायक बनेका थिए । इंग्लिस मिडियाले समेत उनको निकै आलोचना गरेका थिए ।

डेलीमेलले आफ्नो पत्रिकामा बेकह्यामको तस्बिर राखेर – ‘१० हिरोईक लायन्स, १ स्टुपिट बोई’ भनेर क्याप्सन प्रकाशित गरेको थियो ।

३ मार्च १९९९ ।

च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेग खेल थियो । बेकह्याम रहेको म्यानचेस्टर युनाइटेडले सिमोन रहेको इन्टर मिलानसँग खेल्दै थियो ।

धेरैलाई यस खेलले ६ महिना अघिको विश्वकपको झल्को दिलाएको थियो ।

ड्वाइट योर्केको दुई गोलसँगै युनाइटेडले २-० गोल अन्तरको सहज जित निकाल्यो । पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको क्वाटरफाइनलमा युनाइटेडले समग्रमा ३-१ को जित निकालेको थियो ।

Pin on Manchester United FC.

युनाइटेडको जितमा नायकको भूमिका खेले बेकह्यामले । दुवै गोलका लागि उनको सुन्दर पास थियो । उनले समर्थकसामु आफु उत्कृष्ट रहेको प्रमाणित गरे ।

युनाइटेड समर्थकका लागि नायक बनेपनि इंग्लिस समर्थकको लागि उनी अझै आलोचित नै रहे ।

सन् २००१, अक्टोबर ६ ।

एक वर्षपछि २००२ मा आयोजना हुने विश्वकपको छनोट खेल चलिरहेको थियो ।

समूह-९ मा रहेको इंग्ल्यान्डले घरेलु मैदानमा ग्रिसको सामना गर्दै थियो । इंग्ल्यान्डको कप्तानी उनै बेकह्यामले गरिरहेका थिए ।

इंग्ल्यान्डलाई विश्वकपमा पुग्न बराबरी वा जितको आवश्यकता थियो । तर, ओल्ड ट्राफोर्डमा खेल अन्तिम समयतर्फ धकेलिरहदा स्कोर बोर्डमा ग्रिस २-१ ले अघि थियो ।

खेलको इन्जुरी समयमा इंग्ल्यान्डले डिबक्स बाहिरबाट फ्रिकिकको मौका पायो । फ्रिकिक प्रहारको जिम्मा कप्तान बेकह्यामले लिए ।

बेकह्यामको उत्कृष्ट फ्रिकिक बलले बाँया कर्नरतर्फको जाली चुम्दा इंग्ल्यान्ड सन् २००२ को विश्वकपमा छनोट भयो । उनको कलात्मक फ्रिकिक रोक्न ग्रिसका गोलकिपरले कुनै मौका नै पाएनन् ।

त्यसअघि ग्रिसमा भएको पहिलो लेग खेलमा २-० को जित निकाल्दा बेकह्यामले एक गोल गरेका थिए ।

सन् २००२ को विश्वकप जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको थियो ।

उक्त विश्वकपमा इंग्ल्यान्ड र अर्जेन्टिना एकै समूहमा परेका थिए । समूह एफमा इंग्ल्यान्ड र अर्जेन्टिनासँगै स्विडेन र नाइजेरिया रहेको थियो ।

जुन ७ का दिन सापोरो स्टेडियममा इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल थियो । इंग्ल्यान्डको कप्तानी बेकह्यामले गरिरहेका थिए ।

नकआउट चरणमा पुग्न दुवै टोलीलाई जित्नै पर्ने दबाब थियो । प्रतिस्पर्धात्मक खेलको ४४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी प्राप्त गर्यो ।

अर्जेन्टिनाका माउरिसियो पोचेटिनोले माईकल ओवेनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको मौका पाएको थियो ।

पेनाल्टीमा बेकह्यामले गोल गर्दै इंग्ल्यान्डलाई १-० को जित दिलाए ।

David Beckham News: Southgate welcomes backing from ex-England ...

साँघुरो जितले इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा पुग्यो । अर्जेन्टिना भने समूह चरणबाट बाहिरियो ।

बेकह्यामको नायकत्वसँगै इंग्ल्यान्डले अर्जेन्टिनासँग १९९८ को विश्वकपमा व्यहोरेको बदला समेत लियो ।

अर्जेन्टिनासँगकै खेलबाट खलनायक बनेका बेकह्याम चार वर्षपछि अर्जेन्टिनासँगको खेलबाटै इंग्ल्यान्ड समर्थकका लागि नायक चुनिए ।

-एजेन्सीको सहयोगमा 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP