• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
को बन्ला महिला फुटबल टिमको प्रशिक्षक ?
नमीन ढकाल
शनिबार, वैशाख २०, २०७७ नमीन ढकाल
को बन्ला महिला फुटबल टिमको प्रशिक्षक ?

काठमाडौं । गत मंसिरमा घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक जिताउन नसकेपछि प्रशिक्षक हरि खड्काले राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

स्वर्ण जित्ने लक्ष्य लिएको नेपाल पोखरा रंगशालामा भएको फाइनलमा भारतसँग २-० ले पराजित हुँदै रजतमा समेटिएको थियो । लगत्तै मुख्य प्रशिक्षक खड्काले राजिनाको घोषणा गरेका थिए ।

प्रशिक्षक खड्काले टिम छाडेको ६ महिना बितिसकेको छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गर्न सकेको छैन । भलै सागपछि महिला टिमले कुनै पनि प्रतियोगिता खेलेको छैन ।

नेपाली महिला टिमले पाएको सबैभन्दा उत्कृष्ट प्रशिक्षकको रुपमा खड्कालाई लिएको थियो । आफ्नो समयका दिग्गज खेलाडी, रणनीतिमा समेत चतुर भएको कारण एन्फाले खड्कालाई टिमको जिम्मेवारी दिएको थियो । तर, अन्य प्रशिक्षकझै फाइनलमा लगातार भारतसँग चुकेपछि खड्काले २ वर्षे कार्यकालको अन्त्य गरेका थिए । अहिले खड्का एन्फाको महिला विभाग प्रमुख रहेका छन् ।

प्रशिक्षक खड्काले आफ्नो कार्यकालमा महिला टिमलाई ४ प्रतियोगिता खेलाए । उनको नेतृत्वमा महिला टिमले मिश्रित नतिजा निकाल्यो ।

प्रशिक्षक खड्काको नेतृत्वमा नेपालले सुरुवातमा ओलम्पिक छनोट खेलेको थियो । जसमा नेपाली टिमले दोस्रो चरणको यात्रा तय गरेको थियो ।

लगत्तै नेपालले हिरो महिला गोल्डकपको फाइनल यात्रा गर्यो । त्यसपछि विराटनगरमा भएको साफ च्याम्पियनसिप र १३ औं सागको फाइनल यात्रा तय गर्याे । हिरो गोल्डकपलाई छाडेर नेपाल दुवै पटक फाइनलमा भारतसँग पराजित भएको थियो । दक्षिण एसियाली फुटबलमा नेपाली महिला टिम सधै भारतसँग चुक्दै आएको छ ।

नेपालमा महिला फुटबलसँग नजिक रहेका दुई प्रशिक्षक मध्ये खड्का एक हुन् । अर्का कुमार थापा । दुवैले महिला टोली र खेलाडीको मनोभाव बुझेका छन् ।

हरि खड्काको दाबी, 'नेपाल साफ ...

मैदान भित्र र मैदान बाहिरको समस्याबाट गुज्रिरहेका महिला खेलाडीलाई दुवै प्रशिक्षकले सहज परिस्थितिमा ल्याउन सफल भए । महिला खेलाडीलाई आत्माविश्वासी र मनोबैज्ञानिक रुपमा बलियो बनाउनमा ठुलो भुमिका खेले । तर, मैदानमा चुक्न पुग्दा दुवैले टिम छाडे ।

मुख्य प्रशिक्षक खड्काको बर्हिगमनसँगै अब महिला टिमको प्रशिक्षक को बन्लान् भनेर चर्चा सुरु भएको छ । यस पटक भने एन्फाले स्वदेशीसँगै विदेशी प्रशिक्षकलाई पनि आफ्नो नजरमा राखेको छ । तर, एन्फाले महिला टिमको प्रशिक्षक चयन गर्न सकेको छैन ।

‘अहिलेनै यहीँ प्रशिक्षक भनेर भन्ने अवस्था छैन । महिला राष्ट्रिय लिग स्थगित भएपछि सबै रोकिएको छ । हामीले केहि प्रशिक्षक हेरेका पनि छौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकको बराबरी सम्भावना छ,' एन्फाका महासचिव इन्दमान तुलाधरले भने ।

नेपाली महिला फुटबलको इतिहास धेरै लामो छैन । त्यसैले महिला फुटबलले अहिलेसम्म विदेशी प्रशिक्षक पाएको छैन ।

यस पटक भने एन्फाले पहिलो प्राथमिकतामा विदेशी प्रशिक्षक राखेको छ । एन्फा महिला विभाग प्रमुख समेत रहेका खड्का समेत विदेशी प्रशिक्षकसँग खेलाडीलाई अभ्यस्त बनाउने योजनामा छन् ।

‘नेपाली फुटबल विकाशको लागि नेपाली प्रशिक्षकनै ल्याउने कुरा छ । अहिले यो नै भन्न सक्ने अवस्था छैन । छलफल भैरहेको छ । एक वर्षलाई विदेशी पनि ल्याउने कि भनेर तयारी पनि गरेका छौं,’ खड्का भन्छन् ।

एन्फाले यस अघि सम्भावित केहि प्रशिक्षकको नाम समेत चयन गरेको थियो । तर, कोरोनाको महामारीसँगै पहिलो पटक हुन लागेको राष्ट्रिय महिला लिग प्रभावित भयो । जसका कारण एन्फाले प्रशिक्षक चयनलाई अगाडी बढाउन सकेन ।

एन्फा स्रोतका अनुसार महिला टिमका लागि एक विदेशी प्रशिक्षकलाई मुख्य निगरानीमा राखिएको छ । त्यसको अलावा नेपाली प्रशिक्षक पनि हेरिरहेको छ ।

एन्फाले जापानका प्रशिक्षक नोरियो सुकितातेलाई पहिलो रोजाईमा राखेको स्रोतले बताएको छ । जापान फुटबल एसोसियसनको सहयोगमा उनले गत वर्ष नेपालमा तीन महिनाको लागि एन्फाको एकेडेमी डिरेक्टर भएर काम गरिसकेका छन् । त्यसैले एन्फाले जेएफएसँग सहकार्य गर्ने रयोजना बनाएको हो।

सुकितातेले यस अघि बंगलादेश महिला फुटबल टिम, भुटान पुरुष फुटबल टिम, गुवाम, लाओसको राष्ट्रिय पुरुष टिम, इष्ट टिमोरको यू-२३ र राष्ट्रिय टिम हेरिसकेका छन् ।

यस्तै एन्फाले उनको विकल्पमा राष्ट्रिय टिमसमेत हेरिसकेका बाल गोपाल महर्जन, राजुकाजी शाक्य, राष्ट्रिय पुरुष टिमका सहायक प्रशिक्षक रहेका मेघराज केसी र किशोर केसीलाई राखेको छ ।

अपराजित रहदै स्वर्ण जित्छौ ...

जापानी प्रशिक्षक नआए बालगोपाल महर्जनले टिम हेर्ने सम्भावना बढी रहेको छ । पछिल्लो समय राष्ट्रिय पुरुष टिम हेरिसकेको र एन्फाको राजनीतिमा समेत अग्रस्थानमा आउने भएका कारण उनले टिम सम्हाल्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

महिला खेलाडी समेत विदेशी प्रशिक्षकको नेतृत्वमा खेल्न चाहन्छन् ।

‘प्रशिक्षक हरि खड्कासँग हामीले धेरै सिक्न पायौैं । केहि रिजल्ट आउन विदेशी प्रशिक्षक हुनुपर्छ । अब, विदेशी प्रशिक्षकको पनि अनुभव लिन पायौं भने महिला फुटबल अझै राम्रो हुन सक्छ,’ राष्ट्रिय टिमकी एक खेलाडीले भनिन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP