• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
ठुला खेलाडीनै क्लब विहीन
नमीन ढकाल
शुक्रबार, वैशाख १९, २०७७ नमीन ढकाल
ठुला खेलाडीनै क्लब विहीन

काठमाडौं । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाईरसको प्रत्यक्ष असर नेपालका फुटबल खेलाडीमा समेत देखिएको छ ।

कोरोनाको संक्रमण फैलन नदिन मुलुक लकडाउनमा छ । सबै फुटबल गतिविधि अनिश्चित रुपमा स्थगित छन् ।

खेल गतिविधि बन्द भएपछि खेलाडीलाई मनोबैज्ञानिक असर मात्र परेको छैन, आर्थिक अभावले समेत गिजोलेको छ । कोरोनाको प्रत्यक्ष असर घरेलु फुटबलका ठुला खेलाडीमा देखिएको छ ।

शीर्ष डिभिजनका लिग खेल्ने धेरै खेलाडीको क्लबसँगको सम्झौता सकिएको छ । राष्ट्रिय टिममा रहेका अधिकांश खेलाडीको क्लबसँगको सम्झौता सकिएको जानकारी प्राप्त भएको छ । खेलाडीहरु क्लब विहीन जस्तै भएका छन् ।

अर्को क्लबमा जान खेलाडीले जेठ मसान्तसम्मै कुर्नपर्नेछ । कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले जेठ मसान्तसम्म खेलाडी एउटै क्लबबाट खेल्नुपर्ने नियम बनाएको छ । जसका कारण लिग सकिएपनि खेलाडीले अन्य क्लबबाट मोफसल खेल्न पाएनन् ।

एनआरटीलाई हराउँदै मनाङ तेस्रो ...

एन्फाको नयाँ नियमका कारण गत महिना अभिषेक रिजालले मनाङबाट मोफसलबाट खेल्न पाएनन् । उनले लिगका केही खेल मछिन्द्रबाट खेलेका थिए । लगत्तै उनी माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्न गएका थिए । त्यस्तै, मनाङले आफ्ना पूर्व खेलाडी आफिज ओलावालेलाई क्लबमा अनुबन्ध गरेपनि मोफसलका प्रतियोगिता खेलाउन पाएको थिएन ।

एन्फाको नयाँ नियम र क्लबसँग हुने सम्झौता बेग्ला–बेग्लै हुँदा लिग च्याम्पियन मछिन्द्र, मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबका खेलाडी क्लब विहीन भएका हुन् । एन्फाले खेलाडी अनुबन्धको सम्झौता जेठ मसान्तसम्मको हुनुपर्ने बताएपनि धेरै क्लबले खेलाडीसंग चैत मसान्तसम्म मात्र सम्झौता गरेका छन् ।

राष्ट्रिय टिममा खेलाडीसँग गरिएको कुराकानीमा अधिकांश खेलाडीले क्लबसँगको सम्झौता सकिएको अवस्थामा रहेको खेलपाटीलाई बताए । राष्ट्रिय टिममा रहेका खेलाडी मध्य मछिन्द्र क्लबमा ६, पुलिस, च्यासल, आर्मी, थ्रीस्टारमा समान ३–३ खेलाडी रहेका छन् ।

यस्तै संकटा र मनाङबाट २ खेलाडी रहँदा रोहित चन्द र किरण लिम्बुले विदेशी लिग खेलिरहेका छन् । विभागका खेलाडी भने नियमित जागिरमै छन् ।

‘सुरुमा लिगका लागि मात्रै खेलाडीसँग सम्झौता गरेको थियौं । लिग च्याम्पियन पनि भयौं । त्यसपछि खेलाडीसंग चैतसम्मको सम्झौता थियो ।’ लिग विजेता मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठले भने, ‘हामीले मोफसल पनि खेल्यौं । कोरोनाले धेरै खेल रोकिए । चैतमा खेलाडीसंगको सम्झौता सकिएको हो ।’

उनले सम्झौता सकिएपनि राष्ट्रिय लिगका लागि खेलाडीसंग सम्झौता थप गर्ने तयारी गरिएको बताए । उनले नयाँ सम्झौता एन्फाले ल्याउने कार्यक्रम अनुसार थप्ने बताए ।

‘राष्ट्रिय लिग हुने कुरा थियो । अव कोरोना कहिलेसम्म रहन्छ । एन्फाले ल्याउने कार्यक्रम अनुसार खेलाडीसंग सम्झौता गछौं ।’ उनले भने ।

संकटा र जावलाखेलको बराबरी - Khelpati

घरेलु फुटबलको सफल क्लब मनाङमा समेत धेरै खेलाडीको सम्झौता सकिएको छ । मनाङले समेत एन्फाको कार्यक्रम अनुसार सम्झौता सकिएका खेलाडीसंग समन्व्य गर्ने बताएको छ ।

‘केहि खेलाडीको सम्झौता अझै छ । अधिकांशको सकिसकेको छ । अब कोरोनासँगै एन्फाको क्यालेन्डर अनुसार चल्छौ । खेलाडीसँगको समन्वयमा नयाँ सम्झौता गछौं ।’ मनाङ मस्र्याङ्दीका अध्यक्ष छिमि उर्गेन गुरुङले भने ।

शीर्ष ६ मा नपरेपनि च्यासल युथ क्लबले आफ्नो खेलाडीलाई तलब उपलब्ध गराएको बताएको छ । अर्को ए डिभिजन क्लब ब्रिगेड ब्वाईजले यस अघिनै आफ्ना खेलाडीहरुलाई बिदा गरिसकेको छ ।

शीर्ष ६ मा पर्दै राष्ट्रिय लिगमा स्थान सुरक्षित जावलाखेलले सम्झौता अनुसार खेलाडीलाई तलब दिईरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP