• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
लकडाउनमा कसरी फिट रहने ?
नमीन ढकाल
बुधबार, चैत १९, २०७६ नमीन ढकाल
लकडाउनमा कसरी फिट रहने ?

काठमाडौं । चीनबाट फैलिएको कोराना भाईरस (कोभिड-१९) ले विश्वलाई त्रसित बनाएको छ ।

कोरोनाले विश्वभर महामारीको रुप लिएको छ र हजारौंको मानिसको ज्यान गईसकेको छ । कोरोनाबाट लाखौं संक्रमित छन् ।

कोरोना एक प्रकारले सरुवा रोग हो । तर, हावाबाट भने बिल्कुल हैन । यस रोग भिडभाड र एक आपसमा सम्पर्क हुँदा सर्ने रोग हो ।

कोरोनाबाट बच्न विश्वका संक्रमित देशले ‘लकडाउन’ गरेको छ । जसका कारण खेलकुद गतिविध ठप्प छन् । जसबाट नेपाल अछुतो छैन । नेपालमा समेत खेलकुदका गतिविधि ठप्प छ ।

खेलकुद ठप्प भएसँगै खेलाडीहरु घरमै रहेका छन् । खेलाडीहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । जसले गर्दा खेलाडीलाई आफ्नो फिटनेशको विषयले चिन्तित बनाएको छ ।

लकडाउनले लामो समय मैदान बाहिर रहदा स्वभाविक रुपमा खेलाडीलाई हानी गरेको छ । तर, खेलाडीले घरमै पनि आफुलाई फिट राख्न सक्छन ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व एथलेटिक्स ट्रेनर रहिसकेका फिजियो थेरापिस्ट विवेक विक्रान्त अधिकारीले फुटबल खेलाडीलाई घरमै फिट रहने टिप्स दिएका छन् । उक्त टिप्स लागु गरे खेलाडीलाई घरमै फिट रहन सहयोग पुग्नेछ ।

शारीरिक सक्रियता : 

सामान्य खेल खेल्दा हाम्रो शरीर ९० मिनेट सक्रिय भईरहेको हुन्छ । जसले १० किमीसम्म दौडिएको हुन्छ । तर, लकडाउनको समय हामी घरमै बसिरहेका हुन्छौ । जसले गर्दा शारीरिक क्रियाकलापलाई बिर्सने गर्छाै ।

शरीरको मांसपेशीमा एक प्रकारको टोन हुन्छ । यो धेरै समय बस्दा टोनहरु लुलो भएर जान्छ । यसले गर्दा मांसपेशीमा लचकता आउँछ र यसलाई कमजोर बनाउँछ । अर्काे भाषामा भन्दा हाम्रो मांसपेशी निष्क्रिय हुन्छ ।

काम गर्याे भने मांसपेशी सक्रिय हुन्छ । काम नगरे मांसपेशी निष्क्रिय हुन्छ । मांसपेशी नचल्दा आलश्यता हुन्छ, काम गर्दैन । शरीर हलचल गर्दा सबै मांसपेशी चल्नुपर्ने हुन्छ । तर, कुनै चल्ने र कुनै नचल्दा मांसपेशीले सन्तुलन गुमाउछ । जसले हलचल गर्न नसक्ने जस्तो समस्या आउछ ।

त्यसैले मांसपेशी निस्क्रिय हुनबाट रोक्नबाट हामीले २० मिनेट मात्रै आधारभूत व्यायाम गर्याै भने राम्रो हुन्छ । आधारभूत व्यायाममा हामीले ‘स्क्वाट’ गर्न छाड्नु हुँदैन । यो भनेको एक मात्रै उत्कृष्ट व्यायाम हो ।

फ्रिस्टाईल टेक्निक :

यो समय भनेको हामीसँग प्राक्टिस गर्न राम्रो समय रहेको हुन्छ । सो हामीले फुटबलको फ्रिस्टाईल टेक्निस घरमै बसेर गर्न सक्छौ। खेलाडी खेलको क्रममा धेरै बल मिस गरिरहेको हुन्छ । त्यसलाई सुधार्न यो समय उपयुक्त हुन्छ । घरमा हामीलाई बलसँग टच गर्न धेरै ठुलो ठाउँ चाहिँदैन । फुटबलको टच होल्ड गरिरहँन, बल जग्लिन गर्न सकिन्छ । जुन हामीले समय अनुसार पनि गर्न सक्छौ । काउण्ट अनुसार पनि गर्न सकिन्छ । जसले गर्दा हाम्रो खुट्टालाई बलसँग टचमा रहन सहयोग गर्छ ।



नेक्सिङ :

यो स्तरमा आफुलाई चुनौती दिन कोनलाई पनि प्रयोग गर्न सक्छौं । पानीको बोतल लगायतमा पनि हुन्छ । जुन २–२ कदम राखेर गर्न सक्छौं । स्क्वायर बक्सको बिचमा बसेर बल 'जग्लिन' गर्ने, ड्रिबल गर्न सक्छौं । बललाई कोनसम्म लगेर फर्काएर लैजाने हामीले गर्न सक्छौं । यो सबै हामी घरमा बसेर गर्न सक्छौ । जसले खुट्टाको स्किललाई लयमा रहन सहयोग गर्छ । जग्लिनको लागि घरमा कोहि चुनौती दिने छन् भने हामीलाई झन सहज हुन्छ ।

बेयर क्रल :

यो भनेको दुई हात र दुई खुट्टाले गर्ने हो । यो भालु जसरी हिड्ने हो । यसले पछाडी भागलाई समस्या ल्याउन दिदैन । जसले धेरै बसेको भएपनि केहि फरक पर्दैन ।

ब्रिजिङ व्यायाम :

यसलाई सुतेर कम्मरलाई उठाउने भनिन्छ । हिप थ्रस्टेस पनि भनिन्छ । यस्तै पुसअप र पुलअप गर्न सक्छौं । ब्लाङक एक्ससाइज गर्न सक्छौं । साइड सिंगल हब्स गर्न सक्छौं । यसले समग्रमा सबै मांसपेशीलाई सन्तुलित बनाउछ ।

वाईटीडब्लु व्यायाम : 

यो आधारभूत व्यायाम हो तर एकदमै महत्वपूर्ण हो । यसले शरीरको स्ट्रेन्थ र बडीलाई धेरै फाइदा पुर्याउँछ । ध्यान यसमा पनि दिनुपर्छ ।

रिकभरी :

खेलाडीलाई खेल खेल्दा केहि न केहि समस्या हुन्छ । दुख्ने कामहरु भईरहेको हुन्छ । त्यो समय हामीले आराम गर्न पाउँदैनौं । खेलमा हामीलाई यो समय पनि हुँदैन । हामीले यो समय भनेको 'रिकभरी' गर्ने सुनौलो अवसर हो । रिकभरीको लागि मांसपेशीको इष्ट्रेचिङ गर्न सक्छौं । फोम रोलिङ गर्न सक्छौं । हामीले रिफिङ गर्न पनि सक्छौं । टेनिस बलमाथि रोल गर्न सक्छौं । यो गरेपछि आराम महसुस पनि हुन्छ ।

मेडिटेसन :

यो समयमा हामीले मेडिटेसन गर्न सक्छौं । दिमागलाई पनि रिकभरी गर्न सक्छौं । सँगै प्ररणादायी हुने खेलाडीको बायोग्राफी र अन्तर्वार्ता हेर्न सक्छौं । जसले दिमागलाई सहज पनि बनाउँछ ।

खाना :

पहिलेको खाना र अहिले खानामा धेरै फरक पर्छ । खानामा पनि धेरै ध्यान दिनुपर्छ । पहिले हामीलाई शक्तिवर्दक खाना चाहिन्थ्यो । अहिले त्यस्तो चाहिदैन । बरु अहिले खाना र खाजा धेरै नखाने । दिनमा ३–४ पटक खाने तर, समय समयमा खानु पर्छ ।

यो समय धेरै हरियो सागपात खानुपर्छ । प्रोटिनको लागि माछा मासु पनि कम हुन्छ । त्यस्तो समय अण्डाहरु र गेडागुडी खाना सकिन्छ । यसलाई बढाउनु पनि पर्छ । रोटी, च्याख्ला पनि हामी खान सक्छौं ।

घरमै बस्दा हामीलाई धेरै तिर्खा लाग्दैन । पानी पनि खानु पर्छ । यो धेरै आवश्यकता पनि छ । अर्को छुटाउन नहुने पानी । दिनमा ३–४ लिटर पानी खानै पर्छ । ज्यानमा पानी भएन भने अल्छि पनि बढ्छ । पानी मात्रै खान मन नलागे जुस पनि खान सकिन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP