एजेन्सी । इन्ग्लिश फुटबलर डेभिड बेकह्यामको मेजर लिग सकर टिम इन्टर मियामीले मुख्य प्रशिक्षकमा डिएगो अलान्सोलाई नियुक्त गरेको छ ।
मियामीले क्लबको पहिलो प्रशिक्षकको रुपमा उरुग्वेका प्रशिक्षक अलोन्सोलाई नियुक्त गरेको हो ।
४४ वर्षे अलोन्सोले यस सिजन मेक्सिकन क्लब मोन्टेरीलाई कोन्काफ च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
मियामीको मुख्य प्रशिक्षक चयन भएपछि अलन्सोले आफ्नो लागि यो महत्वाकांक्षी र जित्ने परियोजना भएको बताए ।
मियामीले आउने सिजनबाट लिग खेल्नेछ । मियामीले आगामी मार्च १ मा लस एन्जल्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ ।