एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
सोमबार, १६ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। एन्फा यु-१६ युथ लिगको उद्घाटन खेलमा श्री भगवती क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्ने भएका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार खेल तालिका सार्वजनिक गरिएको हो। प्रतियोगिता असार २० गतेबाट सुरु हुनेछ।
प्रतियोगितामा १४ वटै ए डिभिजन क्लबहरूको सहभागिता रहनेछ। अघिल्लो संस्करणमा ११ टोली मात्रै सहभागी थिए।









%20(1)-1777447778534.jpeg&w=3840&q=75)



