काठमाडौं। विभागीय टोली एपिएफले एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६को प्रारम्भिक चरण खेल्ने भएको छ।
एसियन फुटबल महासंघ (एएफसी)ले मंगलबार समूह विभाजनका लागि सार्वजनिक गरेको ड्र ‘पट’ मा एपिएफ ३ मा परेको हो। एपिएफ एन्फा महिला लिगको विजेतासमेत हो। गत संस्करणमा पनि एपिएफले प्रारम्भिक चरणका खेल खेलेको थियो।
एएफसीका अनुसार समूह विभाजन शनिबार गरिने छ। यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन्।
यी १९ टोलीलाई ५ समूहमा विभाजन गरिने छ। ४ समूहमा ४–४ टोली हुनेछ। एक समूहमा भने ३ टोली हुनेछ। प्रत्येक समूहका विजेता मात्रै मुख्य प्रतियोगितामा प्रवेश गर्नेछन्।