काठमाडौं। इङ्लिस क्लब म्यानचेस्टर सिटीका युवा स्टार फिल फोडेनले आफ्नो क्लबका लागि १०० औं गोल पूरा गर्दै एक ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
क्लब विश्वकप अन्तर्गत साउदी क्लब अल-हिलालविरुद्धको अन्तिम १६ को खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। उनले ३१९औं खेलमा १०० गोल पूरा गरेका हुन्।
फोडेन हाल २५ वर्षका मात्र छन्। तर, उनी क्लब इतिहासमै १०० गोल पुर्याउने २०औं खेलाडी बनेका छन्। उनी सन् २०२४ को सेप्टेम्बरमा १०० गोल पार गर्ने एर्लिङ हालेन्डपछि यो उपलब्धिमा हासिल गर्ने हालको टोलीका दोस्रो सदस्य हुन्।
उनले प्रिमियर लिगमा ६१ गोल गरेका छन्। च्याम्पियन्स लिगमा १८, एफए कपमा १२, काराबाओ कपमा ५ र क्लब विश्वकपमा ४ गोल गरिसकेका छन्।