काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० आई अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीका रुविना क्षेत्री र उपकप्तान पूजा महतोले सुधार गरेका छन्।
आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा यी दुई खेलाडीले एक स्थान सुधार गरेका हुन्।
नयाँ वरीयतामा रुविना ९४औं स्थानमा छिन्। पूजा पनि एक स्थान सुधार गर्दै सोही स्थानमा पुगेकी छन्।
कप्तान इन्दु बर्मा भने एक स्थान तल खस्किएकी छन्। उनी नयाँ वरीयतामा ८०औं स्थानमा छिन्। सीता रानामर भने यथावत रहँदै ६८औं स्थानमा छिन्।