शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

शनिबार, कार्तिक २३, २०८२खेलपाटी संवाददाता
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई
Classic Tech Internet Ad

अर्जुन काफ्ले, पथरी, मोरङ। सलहेश युथ क्लबले पथरी गोल्डकपको उपाधि सिरहाको जितेको छ।

पथरी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा सलहेशले आयोजक पथरी ११ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

खेलको सुरुआती अग्रता लिए पनि पथरी ११ त्यो जोगाउन नसक्दा उपाधिविहीन हुन पुग्यो। सलहेशका जय गुरुङ र समीर तामाङले गोल गरे भने पथरी ११ का धीरेन विष्ट क्षेत्रीले एक मात्र गोल फर्काए।

खेलको १८औं मिनेटमा सलहेशका कप्तान कुलदीप कार्कीले पथरीका नीरज परियारलाई डी एरियाभित्र फउल गरेपछि मुख्य रेफ्री श्याम दनुवारले पेनाल्टी दिए। सो अवसरमा धीरेनले गोल गर्दै पथरीलाई १–० को अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफमा सलहेश आक्रमक बन्यो। ५८औं मिनेटमा सलहेसले पनि पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। पथरीका गोलकिपर समीर क्षेत्रीले सलहेशका रिर्चाड विल्सनमाथि फउल गरेपछि पाएको पेनाल्टीमा जयले गोल गरे।

६९औं मिनेटमा समीरले वान भर्सेस वानमा निर्णायक गोल गर्दै सलहेशलाई २–१ को जित दिलाए। करिब पाँच हजार दर्शकको उपस्थितिमा भएको फाइनलमा घरेलु दर्शक पथरीको हारसँगै निराश बने।

अन्तिम क्षणसम्म पथरीले गोल फर्काउने प्रयास गरे पनि सलहेशका गोलकिपर रेम्बो चौधरीले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए। विजेता सलहेशले ट्रफीसहित पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता पथरी ११ ले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

खेलको म्यान अफ द म्याच सलहेशका जय गुरुङ घोषित भए। विधागत रूपमा पनि सलहेश हावी रह्यो। उत्कृष्ट गोलकिपर रेम्बो चौधरी, सर्वाधिक गोलकर्ता रिर्चाड विल्सन र उत्कृष्ट प्रशिक्षक राजीप यादव भए।

सर्वोत्कृष्ट खेलाडीको उपाधि पथरी ११ का युकेश तामाङले हात पारे भने उत्कृष्ट रक्षक धीरेन क्षेत्री, उत्कृष्ट मिडफिल्डर सञ्जय लिम्बू र उदयिमान खेलाडी समीर क्षेत्री घोषित भए। उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गरे।

विजेता र उपविजेता टोलीलाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले ट्रफी प्रदान गरेका थिए। कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा राजधानीका तीन र भारतको एकसहित आठ टिमको सहभागिता रहेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा