बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

प्रदीप र शिभाली च्याम्पियन

शनिबार, २२ कार्तिक २०८२खेलपाटी संवाददाता
प्रदीप र शिभाली च्याम्पियन
mustang rice ad

काठमाडौं। नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।

प्रदीप पुरुष तथा शिभाली महिलामा च्याम्पियन बनेका हुन्। दुवै प्रतियोगिताको पहिलो च्याम्पियन पनि हुन्। गत वर्ष भएको पहिलो संस्करणमा पुरुष/महिला सिंगल्स स्पर्धा थिएन।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३, २–६ र ६–२ ले पराजित गर्दै करियाको १७ औं सिंगल्स उपाधि चुमे। डबल्समा उनले ९ उपाधि हात पारेका छन्। राजवीर प्रधान र निसान श्रेष्ठ तेस्रो भए।

नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–० र ६–२ ले हराउदै यु–१६ सिंगल्सको फाइनलमा स्वस्तिकासंग व्यहोरेका हारको बद्ला लिइन्। सिनियरमा शिभाली समग्र दोस्रोपटक च्याम्पियन बनेकी हुन्। प्रकृति श्रेष्ठ र सुनियर थापा तेस्रो बने।

पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले ५/५ हजार नगद पुरस्कार हात पारे। यु–१२ ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी पहिलो भए। उनले फाइनलमा वेदान्त चालिसेलाई ७–५ र ६–४ ले हराए। सोही स्पर्धाको गल्र्समा सारा पन्त पहिलो भएकी थिइन्। दोहोरो स्वर्ण जितेकी सारा यु–१४ सिंगल्समा पनि पहिलो भइन्। साराले फाइनलमा एरा खत्रीलाई ६–२ र ६–० को सोझो सेटमा पाखा लगाइन्।

यु–१४ ब्वाइज सिंगल्समा साङ्गे रोकायाले फाइनलमा वेदान्तलाई सीधा सेटमा ६–२ र ६–२ ले पन्छ्याउदै स्वर्ण चुमे। सिंगल्सको यु–८ ब्वाइजमा सर्वज्ञजंग खत्री र गल्र्समा स्वर्णिमा श्रेष्ठ, यु–९ र यु–१० को ब्वाइजमा कायान चालिसे र गल्र्समा निम्ति कुँवर तथा यु–१६ ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठले पहिलो स्थान हात पारेका थिए।

विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, होटल मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजुलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पाँचदिने प्रतियोगिताको पुरुषमा १ सय ३६ र महिलामा ८३ खेलाडी सहभागी थिए।

जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा भएको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ४२ हजार रुपैयाँ रहेको छ। प्रतियोगितामा विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो