• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेदरल्याण्डलाई हराएपछि कप्तान पारस भन्छन्, 'यो सुरुवात मात्र हो'
खेलपाटी संवाददाता
शनिबार, साउन १९, २०७५ खेलपाटी संवाददाता
नेदरल्याण्डलाई हराएपछि कप्तान पारस भन्छन्, 'यो सुरुवात मात्र हो'

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात परेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यो जित सुरुवात मात्र भएको बताएका छन् ।

नेपालले शुक्रबार घरेलु टोली नेदरल्याण्डलाई १ रनले हराएर एकदिवसीय क्रिकेटमा पहिलो जित निकालेको थियो । जितपछि कप्तान पारसले क्रिकइन्फोसंग कुरा नेपालले यो स्थानको लागि लामो यात्रा तय गरेको बताउदै यो सुरुवात भएको बताए ।

कप्तान पारसले भने, 'यो निकै सुखद अनुभव हो । किनकी हामी डिभिजन-२ र विश्वकप छनोट हुँदै पहिलो एकदिवसीयमा पहिलो जित निकालेका छौ । टिमको हिसाबले हामी निकै भोकाएका छौ र हामी त्यहाँ प्रदर्शन गर्न चाहन्छौं । नेपालले शुक्रबार घरेलु टोली नेदरल्याण्डलाई १ रनले हराएर एकदिवसीय क्रिकेटमा पहिलो जित निकालेको थियो । ।'

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपालले नेदरल्याण्डविरुद्ध दुई खेलको ऐतिहासिक एकदिवसीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपाल र नेदरल्याण्डले १ – १ को बराबरी खेलेको थियो । यसअघि बुधबार भएको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले पराजित भएको थियो ।

अन्तिम ओभरमा कप्तान पारस नायक बन्दा नेपालले जित हासिल गरेको थियो । नेदरल्याण्डलाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक रहेको बेला कप्तान पारसले नेदरल्याण्डका क्लासेनलाई रन आउट गराउदै नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो जित दिलाएका थिए । पारसले  ब्याटिङतर्फ ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यस्तै कप्तान पारसले समर्थकहरुको साथले टिमलाई उच्च प्रदर्शन गर्न प्रेरणा मिलेको बताए । 'नेदरल्याण्डमा मात्र हैन जुनैपनि स्थानमा समर्थकहरु दिनभर बस्नु मेरो लागि अविश्वसनीय हो, ' कप्तान पारसले भनेका छन्, 'समर्थकहरु निकै भोकल छन् । जब हामी मैदानमा ब्याटिङ र फिल्डिङ गरिरहदा सुन्ने गर्छौं । जसले साच्चै हामीलाई प्रेरणा मिल्छ । हामीले पहिलो जित उनीहरुसंग मनायौ । र, हामी अझै धेरै जित, उत्साह र खुसीहरु ल्याउन चाहन्छौं ।'

गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।

नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो । सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP