• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
सन्ध्या ढुंगाना
४ घण्टा अगाडि सन्ध्या ढुंगाना
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले काम सुरु गरेको झन्डै एक महिना बितिसक्यो।

तर, उनले अझै तलब पाउन नसकेको तथ्य खुलेको छ। त्यति मात्रै कहाँ हो र? उनको तलबको स्रोत अझै टुंगो लाग्न सकेको छैन।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीसँग एक वर्षको सम्झौता गरेको हो। यद्यपि, अहिलेसम्म उनी भोलेन्टियर (स्वयंसेवक) प्रशिक्षक मात्रै रहेको एन्फाका एक वरिष्ठ पदाधिकारी बताउँछन्।

उनी खेलपाटीसँग भन्छन्, ‘फिफा कनेक्टमा देखाउनुपर्ने भएको कारण हामीले उहाँसँग सम्झौता गरेको हो। तर, तलब कति दिने भन्ने स्पष्ट भइसकेको छैन। दिनै परे पनि कहाँबाट ल्याएर दिने भन्नेबारे अहिलेसम्म हामीले निश्चित स्रोत (स्पोन्सर) खोज्न सकेका छैनौं। त्यो खोजिरहेका छौं।’ 

वाइल्ड नेपाली महिला टोलीले पाएको औपचारिक रूपमा पहिलो विदेशी प्रशिक्षक हुन्। एन्फाले उनलाई एएफसी महिला एसियन कप २०२६ सम्म नेपाललाई पुर्‍याउने लक्ष्यसहित गत जेठ २३ गते नेपाल झिकाएको थियो।

उनी दोस्रोपल्ट नेपाल आएका हुन्। यसअघि उनी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षक थिए। युरोपेली फुटबलको रणनीति र उनले विभिन्न देशमा आर्जेको अनुभव नेपाली फुटबलमा खन्याउने भन्दै एन्फाले उनलाई नियुक्त गरेको हो।

उनको नियुक्तिबारे एन्फाले ठूलो प्रचारसमेत गर्‍यो। तर, त्यो प्रचारभित्र स्पष्ट सम्झौता र तलबको विषय भने लुकाइएको थियो। वाइल्डले नेपाल आएका दिनदेखि नै टिमको छनोट, प्रशिक्षण, रणनीति निर्माण, प्रेस मिटजस्ता सबै जिम्मेवारी सम्हाल्दै आएका थिए।

तर, एक महिनासम्म उनले भुक्तानीबिनै काम गरिरहेका छन्। सम्झौतामा तलबको विषय उल्लेख छैन। उनी स्वयंमलाई पनि आफ्नो तलब कति छ भन्ने केही थाहा छैन। 

‘विदेशी प्रशिक्षकलाई तलब खुवाउन सक्ने एन्फाको स्रोत नै छैन। पहिलाका विदेशी प्रशिक्षकले पनि स्वयंसेवी भएर काम गरेर गएका हुन्। उहाँ पनि अहिलेसम्म त्यही भूमिकामा हो,’  ती पदाधिकारीले भने।

उनको प्रशिक्षणमा नेपालले एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलियाअन्तर्गत उज्बेकिस्तानमा तीन खेल खेलेको थियो। लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको नेपालले अन्तिम खेलमा घरेलु टोलीलाई निर्धारित समयमा ३–३ को बराबरीमा रोकेको थियो।

तर, पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले पराजित भयो। योसँगै नेपालको २६ वर्षपछि छनोट चरण नै पार गरेर एसियन कपमा पुग्ने सपना चकनाचुर भयो।

योसँगै ओलम्पिक र फिफा विश्वकप खेल्ने सपना पनि रोकियो। यो नतिजासँगै वाइल्ड उज्बेकिस्तानबाट बेल्जियम फर्किएका छन्। एन्फा महासचिव किरण राईका अनुसार पूर्वनिर्धारित तालिका अनुसार नै उनी बेल्जियम फर्किएका हुन्। तर, उनी नफर्किने मुडमा छन्।

स्वतन्त्र रूपमा काम गर्न नपाएको गुनासो गरेका उनले एन्फासँग सम्पर्क नगर्ने बताइसकेका छन्। एन्फाले सम्पर्क गर्‍यो भने आगामी यात्राको बारेमा खुलेर आफ्नो धारणा राख्ने उनको सोच छ। 

तर, उनी फर्किएमा एन्फाले कसरी तलब खुवाउँछ त्यो हेर्न भने बाँकी नै छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP