काठमाडौं। एएफसी यु–२३ एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक चरणको छनोटबाट फरवार्ड समीर तामाङसहित ३६ खेलाडी बाहिरिएका छन्।
मुख्य प्रशिक्षक नवीन न्यौपानले दोस्रो चरणको छनोटमा ५३ खेलाडीलाई बोलाएका छन्। उनले जियारथ शेखसहित ८ गोलकिपर बोलाएका छन्। यस्तै, २१ डिफेन्डर, १६ मिडफिल्डर र ८ फरवार्ड दोस्रो चरणको छनोटमा सहभागी हुनेछन्।
छनोटमा नेपाल समूह ‘के’ मा छ। नेपाल रहेको समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्स छन्।
यस समूहको खेल ताजकिस्तानमा हुने एएफसीले जनाएको छ। छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्।
प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन्। आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ।
छनोटको दोस्रो चरणमा रहेका खेलाडी :
गोलकिपरः जियारथ शेख, क्रिशल मोक्तान, अमित टमाटा, विशाल केसी, योगेश धिमाल, रोबिन बोगोटी, अमरबहादुर नेवार, विकेक मगर
रक्षकः सिमान्त थापा, आश्विन घोरासैनी, दीपक थापा, सविन घिमिरे, आयुष तिमिल्सिना, शंकर थारु, राम थापा, सुदीप केसी, विवेक गुरुङ, अभिषेक वाइबा, विक्रम तामाङ, विशाल नेपाली, सिशन दानी, मोहित गुरुङ, खेमराज श्रेष्ठ, निग्मा घिसिङ, अनिश परियार, गौरव महर्जन, निशानराज लावत, लहान सुब्बा, नोर्बु लामा
मिडफिल्डरः कृष्ण आले, पुजन थापा, सरोज दर्लामी, सञ्जीव लामा, जन्मजय धामी, प्रशान्त लक्क्षम, अभि स्याङताङ, रोजल दाहाल, पेम्बा लामा, दिपेश गुरुङ, लच्छु थापा, सविन लुङ्गेली, निरोज कार्की, विज्ञान खड्का, आरोन थापा, दिकेश लामा
फरवार्डः सुजन डंगोल, दिपेश चाम्लिङ, अनिल बाेम्जन, रोहन खड्गी, अनिश क्षेत्री, सुजन मगर, निराजन धामी, ओम दानी