काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा लागातर दोस्रो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा मंगबार सम्पन्न खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइझ युनाइटेडलाई ७-० ले पराजित गरेको हो। जितसँगै मच्छिन्द्रले २ खेलमा ६ अंक जोडेको छ । प्लानिङको भने यो पहिलो हार हो।
मच्छिन्द्रलाई जित दिलाउन करण धामी र सुमन बम ठकुरीले समान २ गोल गरे। विकाश थापा, राहुलकुमार योञ्जन र आर्भिर सिंहको नाममा १ गोल रह्यो।