काठमाडौं । वेष्ट इण्डिजमा जारी क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटको सिजनको पहिलो खेलमा नेपालका सन्दीप लामिछाने मात्र एक ओभर बलिङ गर्न पाएका छन् ।
बार्बाडोस ट्रिडेन्टबाट यस सिजन खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीपले गुएना अमेजन वारिवर्सविरुद्ध मात्र एक ओभर बलिङ गरेका थिए । सन्दीपले पहिलो खेलमा एक ओभर बलिङ गर्दै बिना विकेट ५ रन खर्चिए ।
उक्त खेलमा सन्दीपको टिम बार्बाडोस ४७ रनले पराजित भएको छ । वारिवर्सले दिएको १८१ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १६ ओभर ४ बलमा अलआउट हुँदै १३३ रन बनायो ।
गत सिजन भने सन्दीपले तहल्का मच्चाएका थिए । सन्दीपले गत सिजन सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए ।