एजेन्सी । एसेस सिरिजको चौथो टेष्टमा अष्ट्रेलियाले ईङ्ल्याण्डलाई १ सय ८५ रनले हराएको छ ।
तिव्र गतिका बलर प्याट कमिन्सले शानदार बलिङ प्रर्दशन गर्दै ४३ रन दिएर ४ विकेट लिएपछि अष्ट्रेलियाले ओल्ड ट्राफोर्डमा ठुलो जित निकाल्न सफल भएको छ ।
जितसँगै अष्ट्रेलियाले १८ वर्षपछि घरेलु मैदान बाहिर एसेज ट्रफी रक्षा गरेको छ । र, अष्ट्रेलिया २–१ ले अघि बढेको छ । पाँचौ तथा अन्तिम खेलमा बिहिबार सुरु हुनेछ ।
अष्ट्रेलियाले आफ्नो पहिलो ईनिङ्समा ८ विकेट गुमाएर ४ सय ९७ रन बनाएर ईनिङ्स समाप्तिको घोषणा गरेको थियो । ईङ्ल्याण्ड पहिलो ईनिङ्समा ३ सय १ रनमा आउट भएको थियो । सो अवस्थामा पाहुना टोली अष्ट्रेलिया १ सय ९६ रनले अघि बढेको थियो ।
अष्ट्रेलियाले दोस्रो ईनिङ्समा ६ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै ईनिङ्स घोषणा गरेको थियो । उसले घरेलु टोली सामु जितका लागि ३ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
तर घरेलु टोली ९१ दशमलव ३ ओभरमा १ सय ९७ रनमा अलआउट हुन पुग्यो । सो अनुसार अष्ट्रेलियाले खेल १ सय ८५ रनले जित्न पुग्यो ।
पहिलो ईनिङ्समा दोहरो सतक जोडेका अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभन स्मिथ चौथो टेष्टको म्यान अफ दी म्याच चुनिएका थिए ।