एजेन्सी । वेष्ट इण्डिजका बलर क्रेग ब्रेथवेटको बलिङ एक्सन शंकाको घेरामा परेको छ ।
भारतविरुद्धको दोस्रो टेष्टको दौरान ब्रेथवेटको बलिङ एक्सन अवैधानिक पाईएपछि म्याच अफिसियलहरुले टिमको म्यानेजमेन्टसामु रिपोर्ट गरेका छन् ।
किङ्सटनमा गत साता सम्पन्न दोस्रो टेष्टमा भारतले वेष्ट इण्डिजलाई २७५ रनले हराएको थियो । तर, उक्त टेष्टमा २६ वर्षे अफ स्पिनर ब्रेथवेटको बलिङ एक्सन अवैधानिक पाईएको थियो । अब उनले सेप्टेम्बर १४ सम्म बलिङ एक्सनको टेष्ट गराउनु पर्नेछ ।
यसअघि सन् २०१७ को अगष्टमा समेत उनको बलिङ शंकाको घेरामा परेको थियो । तर, उनले सफाई पाएका थिए ।