काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कोलम्बोमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । टेष्ट राष्ट्र बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि पवन सर्राफले अर्धशतक बनाएका छन् ।
पवनले ७७ बलमा अर्धशतक बनाएका हुन् । तर, पवन ८१ रनमा आउट भए ।
पवनको अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले ४१ ओभरको खेल सकिदा ५ विकेट गुमाएर १७७ रन बनाएको छ ।
अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई जित्नैपर्ने दबाब छ । पहिलो खेलको पराजयले नेपालको सेमिफाईनल पुग्ने सम्भावना कठिन बनेको छ ।
पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।