एजेन्सी । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कोलम्बोमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।
पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।
अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई जित्नैपर्ने दबाब छ । पहिलो खेलको पराजयले नेपालको सेमिफाईनल पुग्ने सम्भावना कठिन बनेको छ ।
समूह चरणको अन्तिम खेल मंगलबार युएईसंग खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन् ।
पछिल्लो पाँच खेलको हेड टु हेडमा बंगलादेश बलियो रहेको छ । पाँच भेटमा बंगलादेशले ४ खेल जितेको छ । एक खेल भने वर्षाको कारण नतिजा विहिन भएको छ ।
यसै समूहको अर्को खेलमा श्रीलंकाले युएईको सामना गर्नेछ ।