एजेन्सी । इंग्ल्याण्डका फास्ट बलर जेम्स एण्डरसनले एसेज सिरिज अन्तर्गतको बाँकी दुई खेल गुमाउने भएका छन् ।
पिडुलाको चोट बोकेपछि एण्डरसनले अष्ट्रेलियाविरुद्धको बाँकी दुई खेल गुमाउने भएका हुन् । उनको स्थानमा इंग्ल्याण्डले क्रेइग ओभरटनलाई टिममा समावेश गरेको छ ।
एण्डरसन इंग्ल्याण्डका लागि टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
पाँच खेलको एसेज सिरिज १-१ को बराबरीमा रहेको छ । पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो । दुई बीचको दोस्रो टेष्ट 'ड्र' भएको थियो । तेस्रो टेष्टमा इंग्ल्याण्डले रोमाञ्चक जित हात पारेको थियो ।
चौथो टेष्टका लागि इंग्ल्याण्ड जोय रुटको कप्तानीमा टिम घोषणा गरेको छ ।
इंग्ल्याण्डको टिममा जोफ्रा आर्चर, जोस बट्लर, जासन रोय, साम करन, बेन स्टोक्स, जोन्नी बेस्ट्रो, जो डेन्ली, क्रिस वोक्स, स्टुवार्ट बोर्ड, ज्याक लिच, रोरी बर्न्स र क्रेइग ओभरटन रहेका छन् ।