काठमाडौं । घरेलु भूमिमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको छ ।
बंगलादेशको ढाकामा साफले बिहिबार सार्वजनिक गरेको 'ड्र' मा नेपालले पहिलो प्रतिद्वन्दी पाकिस्तान पाएको हो । समूह 'ए' मा रहेको नेपालले पाकिस्तानसँग असोज ३ गते खेल्नेछ ।
साबिकको विजेता समेत रहेको नेपालको समूहमा भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । यस्तै नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग असोज ५ गते खेल्नेछ । यस्तै अन्तिम खेल भुटानसँग असोज ७ गते खेल्नेछ ।

समूह 'बी' मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । दुई समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल असोज १२ गते हुनेछ ।
पाकिस्तान र श्रीलङ्काले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाएका हुन् ।
शसस्त्र प्रहरी बलको मैदान हल्चोकमा आयोजना हुने प्रतियोगिताको लागि नेपाली टिमले आईतबारबाट तयारी सुरु गरिसकेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रारम्भिक चरणमा ४६ खेलाडीलाई बोलाएका छन् ।

नेपालको प्रारम्भिक टिम :
गोलरक्षक : विशाल सुनार, रोहित कार्की, निशान खड्का, पुजन होना, आकाश रानाभाट, सुर्य अधिकारी
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, युवेश थापा, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन, राजु पण्डित, विशाल राई
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझि, सन्जिब लामा, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, आदित गुरुङ, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा,
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लाेस वखरीया, दर्शन गुरुङ, अभिषेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिष डाँगी
