काठमाडौं। विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा समूह ‘बी’ मा परेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार समूह विभाजनमा गरेको हो।
यो समूहमा एपिएफसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्बेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल–नास्सर छन्। यो समूहको खेल उज्बेकिस्तानमा हुनेछ।
एपिएफले गत संस्करणमा पनि प्रारम्भिक छनोट खेलेको थियो। पहिलो खेलमा मलेसियाको सबाह एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भने नासाफसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन्।
यी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ। ४ समूहमा ४–४ टोली छन्। एक समूह ‘ई’ मा भने ३ टोली छन्। प्रत्येक समूहका विजेता मात्रै मुख्य प्रतियोगितामा प्रवेश गर्नेछन्।