काठमाडौं। कप्तान सावित्रा भण्डारीको ह्याट्रिकसँगै नेपालले एएफसी एसियन कप छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
बुधबार उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा सम्पन्न खेलमा समूह ‘एफ’को दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले पराजित गरेको हो।
पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो।
नेपालको जितमा सावित्राबाहेक गिता रानाले दुई गोल गरिन्। निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल रह्यो।