काठमाडौं । क्यानाडामा जारी दोस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत आज (बिहिबार) एक खेल हुँदैछ । नेपाली अल राउण्डर सोमपाल कामी सम्मिलित विनिपेग होक्सले आज चौथो खेल खेल्दै छ ।
ब्राम्प्टनस्तिथ सीएए मैदानमा होक्सले आज ब्राम्प्टन वोल्फ्सको सामना गर्नेछ । खेल नेपली समय अनुसार राती १०:२० बजे सुरु हुने छ ।
ब्राम्प्टन २ खेलमा २ जितका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने विनिपेग ३ खेलमा २ जित र १ हारका साथ तेस्रो स्थानमा रहेको छ ।
यसअघि सोमपालको टिम होक्सले टोरोण्टो इन्टरनेश्नललाई ३ तथा भानकुभर नाइट्सलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै होक्सले पहिलो खेलमा मोण्टेरियल टाइगर्ससंग २४ रनको हार ब्यहोरेको थियो ।
बिदेशी फ्रेन्चाइज लिग खेल्ने सोमपाल नेपालका दोस्रो खेलाडी हुन् ।
यसअघि नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेले मात्र फ्रेन्चाइज लिग खेल्दै आएका थिए । अघिल्लो सिजन मोण्टेरियल टाइगर्सबाट खेलेका सन्दीप यो सिजन भने यो पटक टोरोण्टो इन्टरनेश्नलबाट खेल्ने छन् ।
सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेर क्यानडा पुगेका सोमपालले अघिल्ला खेल गुमाएका थिए ।
यो पनि,
ग्लोबल टी-ट्वान्टीमा सोमपालको 'डेब्यु' सम्भावना कति ?