कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।
नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेल पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध शतक पूरा गरेका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ र फिल्डिङ निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा करण ८ स्थान माथी उक्लिएर ९१ औं स्थानमा रहेका छन्।