काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज बिहिबार कतारसँग खेल्दै छ।
समूह 'ए' मा रहेको नेपालले समूह चरणको अन्तिम खेल टियु मैदानमा बिहान नौ बजेबाट खेल्नेछ।
कतारसँगको खेलमा गत शुक्रबार ओमानविरुद्धको खेलमा रहेका नेपालका दुई खेलाडीले विश्राम पाउने सम्भावना रहेको छ।
ओपनरमा आसिफ शेख र कुशल भुर्तेलले निरन्तरता पाउनेछन् । यी दुई ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ ।
नेपालले तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल रहँदा चौथो नम्बरमा भीम सार्की रहने सम्भावना रहेको छ । पाँचौं नम्बरमा रोहित पौडेल र छैटौं नम्बरमा कुशल मल्ललाई खेलाउने सम्भावना छ ।
ज्ञानेन्द्रबाट नेपाल ठूलो प्रदर्शन चाहन्छ । भीम र रोहित नेपालका प्रमुख ब्याटर हुन् ।
कुशल मल्लले ओमानविरुद्ध ५९ बलमै शतक हानेका थिए । कुशलले निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् ।
सातौं र आठौं नम्बरमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी खेल्नेछन् ।
तीव्र गतिका बलरद्वय प्रतिश जि.सी र करण केसी नवौं र दशौं नम्बरमा रहने सम्भावना रहेको छ । यी दुबै खेलाडी राम्रो ब्याटिङको क्षमता समेत राख्छन् ।
स्पिनरमा ललित नारायण राजवंशी एघारौं नम्बरमा मौका पाउने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, प्रतिश जि.सी र ललितनारायण राजवंशी