शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फ्रान्ससँग हार्‍यो ब्राजिल

शुक्रबार, १३ चैत्र २०८२खेलपाटी संवाददाता
फ्रान्ससँग हार्‍यो ब्राजिल
Loading ad...
mustang rice ad

काठमाडौं। फ्रान्सको ब्राजिलविरुद्धको विश्वकप तयारी खेलमा जाँदा ट्राफिक समस्या भयो। तर, किलियन एमबाप्पेको घुँडाले भने कुनै समस्या देखाएन।

पेरिस सेन्ट–जर्मेनका पूर्व तथा रियल मड्रिडका हालका स्टार एमबाप्पेले बिहीबार उत्कृष्ट प्रदर्शन गर्दै गोल गरे। फ्रान्सलाई सुरुआती अग्रता दिलाए। अन्ततः फ्रान्सले विश्वका दुई शीर्ष टोलीबीचको मैत्रीपूर्ण खेलमा ब्राजिललाई २–१ ले पराजित गर्‍यो।

बायाँ घुँडामा चोट आएपछि करिब एक महिना रियलको जर्सीमा एमबाप्पे मैदान उत्रिएका थिएनन्। पछिल्ला दुई खेलमा उनी वैकल्पिक खेलाडीका रूपमा मैदानमा उत्रिएका थिए।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले उनलाई सुरुआती टोलीमा राखे पनि करिब एक घण्टासम्म मात्र खेलाउने योजना बनाएका थिए। उनी ६५औं मिनेटमा बाहिरिए।

डेसच्याम्पले भने,‘उनमा धेरै इच्छा छ, खुट्टामा केही दुखाइ पनि छ। तर, खेलमा फरक पार्ने क्षमता भने सधैंजस्तै उत्कृष्ट छ।’ ६६ हजार २१५ दर्शकको भीडमा अधिकांशले ब्राजिललाई समर्थन गरेका थिए।

एमबाप्पे र ह्यूगो एकिटिकेले फ्रान्सलाई २–० को अग्रता दिलाए। यही मैदानमा फ्रान्सले यसै समरमा हुने विश्वकपको समूह चरणको अन्तिम खेल नर्वे र एर्लिङ हालान्डविरुद्ध खेल्नेछ। ७८औं मिनेटमा ब्रेमरले गोल गर्दै अन्तर २–१ मा झारे।

फक्सबरो सहर र विश्वकप आयोजकबीच सुरक्षा खर्च करिब ८ मिलियन डलरको विवाद भए पनि खेल कुनै ठूलो अवरोध बिना सम्पन्न भयो। दुई हप्ता अघि दुवै पक्षबीच सहमति भएको थियो।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने,‘राम्रो मैदान र राम्रो स्टेडियम थियो। राम्रो फुटबल खेल्न सबै कुरा ठीक थियो। दर्शकको माहोल पनि राम्रो थियो, धेरै ब्राजिली समर्थक थिए। नतिजाबाहेक सबै कुरा ठीक थियो।’

डेसच्याम्पको सबैभन्दा ठूलो समस्या बस्टनबाट करिब २५ माइलको यात्रा थियो, जसले धेरै समय लियो। ‘म विश्वस्त छु सबै ठीक हुनेछ, तर लामो यात्रा नै सबैभन्दा कठिन कुरा हो,’ उनले भने।

यो गिलेट स्टेडियममा भएको दोस्रो सबैभन्दा ठूलो फुटबल दर्शक उपस्थित भएको खेल थियो। २०१८ को विश्वकप विजेता तथा २०२२ को ‘गोल्डेन बुट’ विजेता एमबाप्पेले डिसेम्बरमा घुँडामा चोट बोकेका थिए।

तर, जनवरीसम्म खेलेका थिए। उनले सोमबार चोट अब पूर्ण रूपमा निको भइसकेको जानकारी दिएका थिए। ३२औं मिनेटमा उस्मान डेम्बेलेको पासमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए।

६५औं मिनेटमा माइकल ओलिसेको पासमा ह्यूगो एकिटिकेले गोल गर्दै फ्रान्सलाई २–० को अवस्थामा पुर्‍याए। त्यसलगत्तै एमबाप्पे मैदानबाट बाहिरिए।

५५औं मिनेटमा डियो उपामेकानोले विपक्षी खेलाडीलाई रोक्दा रातो कार्ड पाएपछि फ्रान्स १० खेलाडीमा सीमित भयो। त्यसपछि लुइज हेन्रिकेको पासमा ब्रेमरले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरे।

खेलमा खेलाडीलाई आराम र पानी पिउन ‘कूलिङ ब्रेक’ पनि दिइएको थियो। यद्यपि, तापक्रम करिब १५ डिग्री सेल्सियस मात्र थियो। फिफाले २०२६ को विश्वकपका सबै खेलमा यस्तो ‘ब्रेक’ अनिवार्य गर्ने निर्णय गरेको छ।

अब ब्राजिलले मंगलबार फ्लोरिडाको ओरलान्डोमा क्रोएसियासँग खेल्नेछ। यो २०२२ को विश्वकप क्वार्टरफाइनलपछि पहिलो भेट हुनेछ।

ब्राजिलका डिफेन्डर लियो पेरेइराले भने,‘हाम्रा लागि कुनै पनि खेल सानो हुँदैन। हरेक खेल ठूलो हुन्छ र हामीले विश्वकप फाइनलजस्तै खेल्नुपर्छ।’ फ्रान्सले आइतबार मेरील्याण्डको ल्यान्डओभरमा कोलम्बियासँग खेल्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने