पुलिससँग हार्यो बागमती
बिहिबार, १२ चैत्र २०८२खेलपाटी संवाददाता
-1774523438835.jpg&w=3840&q=75)
काठमाडौं। ओपनर शंकर रानाको सानदार शतकसँगै विभागीय नेपाल पुलिसले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियागिता दोस्रो जित दर्ता गरेको छ।
पुलिसले बिहीबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ७ विकेटले हराएको हो। बागमतीले दिएको २६५ रनको लक्ष्य पछ्याएको पुलिसले ४४ ओभरमा तीन विकेट गुमाएर २७१ बनायो।
जितसँगै पुलिसले ३ खेलबाट ४ अंक पुर्याएको छ। बागमतीको भने यो दोस्रो हार हो। बागमतीको समान खेलबाट २ अंक छ।
पुलिसका दिनेश खरेल र शंकर रानाले पहिलो विकेटका लागि १५९ रनको महत्त्वपूर्ण साझेदारी गरे। खरेलले ७० रन बनाउँदा रानाले ११६ रनको शतकीय इनिङ्स खेले।
दिलसद अली ८ रनमै आउट भए पनि कप्तान आरिफ शेखले अविजित ४३ रन बनाए। अन्तिमतिर राशिद खानले २ बलमा १० रन जोड्दै टोलीको जित पक्का गरे।
बागमतीका रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान १–१ विकेट लिए।







-1774509889599.jpeg&w=3840&q=75)




