शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

शनिबार, २६ बैशाख २०८३खेलपाटी संवाददाता
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
Loading ad...
mustang rice ad

काठमाडौं। ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसएले लिगको तीनवटै खेलमा विजयी हुँदै ६ अंकसहित च्याम्पियन बनेको हो। उपाधिसँगै टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

डब्ल्यूएसएले लिग चरणमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लबलाई ४–२, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई २०–४ तथा बीआईएलाई १७–२ ले पराजित गरेको थियो।

यस्तै, जावलाखेल दोस्रो स्थानमा रहँदै उपविजेता बन्यो। उसले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोर्दै ५ अंक जोड्यो। उपविजेता टोलीले १० हजार रुपैयाँ प्राप्त गर्‍यो।

तेस्रो स्थान हासिल गरेको एससीआइएनएनले पाँच हजार रुपैयाँ हात पार्‍यो। उसले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोर्दै ४ अंक जोडेको थियो।

चौथो स्थानमा रहेको बीआईए भने तीनवटै खेलमा पराजित भयो। प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाले विजयी टोलीलाई दुई तथा पराजित टोलीलाई पनि एक अंक प्रदान गरिएको जानकारी दिए।

व्यक्तिगत विधातर्फ हिउँकला साउद सर्वाधिक स्कोरकर्ताका रूपमा सम्मानित भइन्। उनले प्रतियोगिताभर २४ स्कोर गरेकी थिइन्। त्यसैगरी, डब्ल्यूएसएकी ज्योति अर्याल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन्। दुवै खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पारा एथेटिक्स टोली भारत प्रस्थान

पारा एथेटिक्स टोली भारत प्रस्थान

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल