लिला थिम्पु सिटीमा अनुबन्ध
शनिबार, २६ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु–२० राष्ट्रिय महिला टोलीकी गोलकिपर लिला जोशीले भुटानी महिला लिग खेल्ने भएकी छन्।
उनलाई थिम्पु सिटीले अनुबन्ध गरेको हो। उनी भुटान पुगिसकेकी छन्। उनले चर्च बोइज युनाइटेडबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन्। चर्च बोइज अहिले एन्फा महिला लिगमा छ।
तर, लिग अनिश्चित हुँदा उनी भुटान लागेकी हुन्। लिलाले गत वर्ष बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिप खेलेकी थिइन्। उक्त प्रतियोगितामा नेपाल उपविजेतामा सीमित भएको थियो। यस्तै, यु–२० महिला एसियन कप छनोट पनि खेलेकी थिइन्।






-1778235936203.webp&w=3840&q=75)




