आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसीको कीर्तिमान

आइतबार, २७ बैशाख २०८३खेलपाटी संवाददाता
मेसीको कीर्तिमान
Loading ad...
mustang rice ad

काठमाडौं। लिओनल मेसीले एक गोल र दुई असिस्ट गर्दै मेजर लिग सकर (एमएलएस) इतिहासमा सबैभन्दा छिटो १०० गोलमा योगदान पूरा गर्ने खेलाडी बनेका छन्। शनिबार इन्टर मियामीले टोरोन्टो एफसीलाई ४–२ ले हराउँदै लगातार छैटौं ‘अवे’ जित दर्ता गर्‍यो।

मेसीले ६४ खेलमा ५९ गोल र ४१ असिस्ट पूरा गर्दै कुल १०० गोलमा योगदान पुर्‍याएका हुन्। यसअघि टोरोन्टोका सेबास्टियन जियोभिन्कोको नाममा रहेको ९५ गोल योगदानको कीर्तिमान उनले तोडे। सबै प्रतियोगितामा मेसीले १०१ खेलमा ८७ गोल र ५७ असिस्ट गरेका छन्।

रोड्रिगो डे पाउलले पनि एक गोल र दुई असिस्ट गर्दै इन्टर मियामीको जितमा महत्त्वपूर्ण भूमिका खेले। टोलीले यसअघि घरेलु मैदानमा ओर्लान्डो सिटीविरुद्ध ३–० को अग्रता गुमाउँदै ४–३ को हार बेहोरेको थियो।

नु स्टेडियममा सरेपछि इन्टर मियामीले घरेलु मैदानमा जित निकाल्न सकेको छैन। ४४औं मिनेटमा रोड्रिगो डे पाउलले फ्रिकिकमार्फत गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाए। खेलाडीहरूको पर्खालमा लागेर फर्किएको बललाई उनले पुनः प्रहार गरेका थिए। उक्त बल बायाँ पोस्टमा लाग्दै गोलमा परिणत भयो।

सामान्यतया क्लबका प्रत्यक्ष फ्रिकिक मेसीले लिने गरेका थिए। यसपटक उनले डे पाउललाई मौका दिएका थिए। डे पाउलले आफ्नो करिअरको तेस्रो गोल गरेका हुन्। ती सबै गोल यसै वर्ष भएका हुन्।

५६औं मिनेटमा मेसी र डे पाउल दुवैले सिजनको तेस्रो असिस्ट दर्ता गरे। उनीहरूले लुइस सुआरेजका लागि गोलको अवसर सिर्जना गरे। सुआरेजले आफ्नो दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। यो उनको ६३ खेलमा ३२औं गोल थियो।

डिफेन्डर सर्जियो रेगिलोन ६८औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उनले ७३औं मिनेटमा मेसीको असिस्टमा आफ्नो पहिलो गोल गर्दै इन्टर मियामीलाई ३–० ले अघि बढाए।

७५औं मिनेटमा डे पाउलको पासमा मेसीले आफ्नो नवौं गोल गरे। यो लिगको सर्वाधिक गोलकर्ताभन्दा एक मात्र कम हो। त्यससँगै स्कोर ४–० पुगेको थियो। टोरोन्टोले भने खेलको अन्त्यतिर दुई गोल फर्कायो।

नयाँ खेलाडी एमिलियो अरिस्टिजाबालले ८२औं र ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सान्त्वना दिलाए। २० वर्षीय उनले पहिलो ११ खेलमै तीन गोल गरेका छन्। इन्टर मियामीका गोलरक्षक डेयन सेन्ट क्लेयरले तीन सेभ गरे भने टोरोन्टोका लुका गाभ्रानले दुई प्रहार रोके।

खेलका क्रममा केही समर्थक मैदानभित्र छिरेर मेसीनजिक पुग्ने प्रयास गरेपछि खेल केहीबेर रोकिएको पनि थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना