आर्मीको जितमा ३ खेलाडीको अर्धशतक
बिहिबार, १२ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। विनोद भण्डारीको कप्तानी इनिङ्ससँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियागितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
तल्लो मूलपानी क्रिकेट रंगशालामा बिहीबार सम्पन्न खेलमा आर्मीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
गण्डकीले दिएको २१० रनको लक्ष्य पछ्याएको आर्मीले ३४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै आर्मी ४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। गण्डकी जितविहीन छ।
आर्मीका ओपनर तथा कप्तान विनोदले ५८ रनको योगदान गरे। अर्का ओपनर त्रितराज दासले ५१ रन बनाए। दुईबीच पहिलो विकेटका लागि ११० रनको महत्त्वपूर्ण साझेदारी भयो। त्यसपछि भीम शार्की ५४ रन र कुशल मल्ल ४३ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए।
गण्डकीका सुभाष भण्डारीले २ विकेट लिए भने विपिन खत्रीले १ विकेट लिए।





-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)




