गण्डकीका अर्जुन र दीपकको अर्धशतक
बिहिबार, १२ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। अर्जुन कुमाल र दीपक डुम्रेको अर्धशतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २१० रनको लक्ष्य दिएको छ।
तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको गण्डकीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको हो।
गण्डकीका अर्जुनले ६७ रनको योगदान दिए। उनले १०२ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, दीपकले ४५ बलमा ५१ रन बनाउँदै टोलीलाई मध्यम स्कोरसम्म पुर्याए। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
आर्मीका आकाश चन्द र शाहब आलमले समान ३/३ विकेट लिए। कुशल मल्लले २ विकेट राखे।





-1774509889599.jpeg&w=3840&q=75)
-1774437287189.jpg&w=3840&q=75)







-1774491612727.webp&w=3840&q=75)