सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

काठमाडौं। लिभरपुलका पूर्वप्रशिक्षक युर्गेन क्लोपले मोहम्मद सलाह अझै ४० वर्षसम्म खेल्न सक्ने क्षमता भएका खेलाडी रहेको बताएका छन्।
लिभरपुलबाट सलाहको प्रस्थानले अन्य खेलाडीका लागि नयाँ अवसर खोल्ने उनले शुक्रबार बताएका छन्।
३३ वर्षीय सलाहले यसै साता सिजनको अन्त्यमा एन्फिल्ड छोड्ने घोषणा गरेका हुन्। क्लबका इतिहासकै महान् खेलाडीमध्ये एक मानिने उनी सन् २०१७ मा एएस रोमाबाट लिभरपुलमा अनुबन्ध भएका थिए।
उनले भने,‘अब उनी यहाँबाट जाँदै छन्, तर यदि उनले अझै ६–७ वर्ष खेलिरहे भने म अचम्म मान्ने छैन। अब उनी जहाँ चाहन्छन् त्यहीँ जान सक्छन् र क्लबले नयाँ खेलाडीहरू खोज्नेछ। यो बिल्कुल सामान्य कुरा हो।’
क्लोपको प्रशिक्षणमा सलाहले लिभरपुललाई दुई प्रिमियर लिग, यूईएफए च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, यूईएफए सुपर कप, एफए कप, दुई लिग कप र कम्युनिटी शिल्ड जिताउन महत्त्वपूर्ण भूमिका खेले।
क्लोपले बीबीसीसँग कुरा गर्दै भने,‘उनले एक व्यवसायिक फुटबल खेलाडीका रूपमा नयाँ मापदण्ड स्थापित गरे। कति कडा मिहिनेत गर्न सकिन्छ, रिकभरीमा कति लगानी गर्न सकिन्छ भन्ने कुरा देखाए।’
सन् २०२४ मा लिभरपुल छोडेका क्लोपले सलाहसँगको सम्बन्धलाई उत्कृष्ट भने। ‘हामीले ठूला सपना देखेका थियौं, तर यति ठूलो सफलता पाउँछौं भन्ने सोचेका थिएनौं,’ उनले भने।
उनका अनुसार सलाह र लिभरपुलबीचको सम्बन्ध दुवै पक्षका लागि फाइदाजनक थियो। ‘असाधारण खेलाडी, उत्कृष्ट प्रदर्शन र उनले त्यसअनुसार उपलब्धि र आम्दानी पनि गरे,’ क्लोपले बताए।






-1774661800099.webp&w=3840&q=75)



-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)
