हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औं सिजन शनिबारबाट सुरु हुँदैछ। पहिलो खेल डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच खेलिनेछ।
खेल बैंगलुरुको एम चिन्नास्वामी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ भने टस ७:१५ बजे हुनेछ। बैंगलुरुले गत सिजन पञ्जाब किंग्सलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो। उता, हैदराबाद भने प्लेअफमा पुग्न सकेन र टोली छैटौं स्थानमा सीमित रह्यो।
बैंगलुरु र हैदराबादबीच हालसम्म २५ खेल भएका छन्। त्यसमध्ये १३ खेल हैदराबादले जितेको छ। ११ खेल बैंगलुरुले जितेको छ।
एउटा खेल ‘टाई’ भएपछि सुपर ओभरमा हैदराबाद विजयी भएको थियो। एम चिन्नास्वामी स्टेडियममा दुवै टोलीबीच ८ खेल हुँदा ५ खेल बैंगलुरु र ३ खेल हैदराबादले जितेका छन्।
बैंगलुरु टोली ब्याटिङ, बलिङ र अलराउन्डर सबै पक्षमा सन्तुलित देखिन्छ। ओपनिङमा विराट कोहली र फिल साल्टजस्ता उत्कृष्ट खेलाडी छन्। देवदत्त पडिक्कलले घरेलु सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए। नम्बर तीनमा उनी वा वेंकटेश अय्यर खेल्न सक्छन्।
मिडल अर्डरमा टिम डेविड र जितेश शर्माले अघिल्लो सिजन प्रभावशाली ब्याटिङ गरेका थिए। साथै रोमारियो शेफर्ड र कृणाल पाण्ड्याबाट पनि राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ। बलिङतर्फ जोश हेजलवुड अनुपस्थित हुँदा भुवनेश्वर कुमार, रसिख सलाम र जेकब डफी प्रमुख बलर हुनेछन्।
हैदराबादको टप अर्डर बलियो
हैदराबाद टोली यसपटक पनि टप अर्डरमा निर्भर रहनेछ। अभिषेक शर्मा, ट्राभिस हेड र ईशान किशनबाट राम्रो सुरूआतको अपेक्षा गरिएको छ। कप्तान प्याट कमिन्सको अनुपस्थितिमा ईशानले सुरूआती खेलहरूमा कप्तानी गर्नेछन्।
हेनरिक क्लासन अघिल्लो सिजन टोलीका सर्वाधिक रन बनाउने खेलाडी थिए। फिनिसरका रूपमा अनिकेत वर्माले राम्रो प्रदर्शन गरेका थिए। साथै नितिश रेड्डी र लियम लिभिङस्टोनबाट पनि अपेक्षा गरिएको छ।
तर, टोलीको बलिङ युनिट कमजोर देखिएको छ। कमिन्सको अनुपस्थितिमा ईशान मलिंगा, हर्षल पटेल र जयदेव उनाडकटले पेस बलिङ सम्हाल्नेछन्। यश दयाल व्यक्तिगत कारणले पूरै सिजन बाहिर छन्। साथै जोश हेजलवुड सुरूआती खेलहरूमा उपलब्ध हुने छैनन्।
कप्तान प्याट कमिन्स चोटका कारण सुरूआती ६–८ खेल गुमाउनेछन्। जेक एडवर्ड्स पनि चोटका कारणबाहिर छन् र उनको स्थानमा डेविड पेनलाई टोलीमा राखिएको छ। साथै ईशान मलिंगा पनि सुरूआती खेलहरूमा खेल्ने छैनन्।






-1774523438835.jpg&w=3840&q=75)




-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)
