शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

शनिबार, १४ चैत्र २०८२खेलपाटी संवाददाता
नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं। मोरक्कोले नयाँ प्रशिक्षक मोहम्मद उवाहबीको नेतृत्वमा आफ्नो पहिलो खेलमा शुक्रबार इक्वेडरसँग १–१ को बराबरी खेल्यो।

विश्वकपको तयारीस्वरुप भएका मैत्रीपूर्ण खेलहरूमा अफ्रिकी टोलीहरूले मिश्रित नतिजा दिएका छन्। उवाहबीले यसै महिना वालिद रेग्रागुईलाई प्रतिस्थापन गरेका हुन्। मड्रिडमा भएको खेलमा जोन येबोआले ४८औं मिनेटमा गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए। तर, खेलको अन्त्यतिर निल एल आयनाउईले ८८औं मिनेटमा हेडरमार्फत गोल गर्दै मोरक्कोलाई बराबरी दिलाए।

उत्तरी अफ्रिकाका अन्य टोलीहरूले भने राम्रो प्रदर्शन गरे। अल्जेरिया र इजिप्टले प्रभावशाली जित निकाले भने घानाको कमजोर प्रदर्शनले चिन्ता बढाएको छ।

अल्जेरियाले इटालीको जेनोआमा ग्वाटेमालामाथि ७–० को फराकिलो जित निकाल्यो। चोटका कारण अघिल्लो प्रतियोगिता गुमाएका अमिन गुइरीले दुई गोल गरे र एक पेनाल्टी जिते। यसलाई रियाद महरेजले गोलमा परिणत गरे। रक्षक अशरफ अबादाको लामो दूरीको सानदार गोल खेलको आकर्षण बन्यो।

यस्तै, इजिप्टले जेद्दाहमा साउदी अरेबियालाई ४–० ले पराजित गर्‍यो। मोहम्मद सलाह बिना खेले पनि ओमार मरमूशले गोल गर्दै टोलीको जितमा योगदान दिए।

तर, घानाका लागि अवस्था चिन्ताजनक देखिएको छ। भियनामा अस्ट्रियाविरुद्ध ५–१ को भारी हार बेहोरेको घानाले खेलको सुरुमै पेनाल्टी दिएपछि दबाबमा परेको थियो। कप्तान जोर्डन आयूले अन्त्यतिर एक गोल फर्काए पनि अस्ट्रियाले थप दुई गोल गर्दै जित पक्का गर्‍यो। अब घानाले स्टुटगार्टमा जर्मनीसँग खेल्नेछ।

दक्षिण अफ्रिकाले डरबनमा पनामासँग १–१ को बराबरी खेल्यो। प्रशिक्षक ह्युगो ब्रूसले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे। पनामाका योएल बार्सेनासले पहिलो हाफमा अग्रता दिलाए भने ओस्विन अपोलिसले दोस्रो हाफमा बराबरी गोल गरे।

अन्य खेलमा केप भर्डेले न्युजिल्यान्डमा भएको खेलमा चिलीसँग ४–२ ले हार्‍यो। विश्वकपमा छनोट हुन नसके पनि क्यामरुन र नाइजेरियाजस्ता टोलीहरू अभ्यास खेलका लागि भने व्यस्त छन्। अस्ट्रेलियाले सिड्नीमा क्यामरुनलाई १–० ले हरायो, जहाँ जोर्डन बोसले निर्णायक गोल गरे।

त्यस्तै, नाइजेरियाले टर्कीको अन्ताल्यामा इरानलाई २–१ ले हरायो। खेलमा मोसेस सिमोन र अकोर एडाम्सले गोल गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित