काठमाडौं । एसियाली क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा भोली बिहिबार नेपालले कतारसँग खेल्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान नौ बजेबाट सुरु हुनेछ ।
नेपाल र कतारबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।
नेपाल र कतारबीचको एक मात्र भेट २००८ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो ।
यो खेल नेपालले ७ विकेटले जितेको थियो ।
मलेसियाको रोयल मिलिट्रि कलेजको मैदानमा भएको उक्त खेलमा शक्ति गौचन तथा बसन्त रेग्मीले ३/३ विकेट लिएका थिए ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ८२ बलमा ७६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।