बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

बेंग्लोरलाई २०१ रनको लक्ष्य

बुधबार, १३ बैशाख २०८०खेलपाटी संवाददाता
बेंग्लोरलाई २०१ रनको लक्ष्य
mustang rice ad

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)को ३६ औं खेलमा कोलकत्ता नाईट राईडर्सले २ सय १ रनको लक्ष्य दिएको छ ।  

बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो । 

कोलकत्ताका लागि ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर नारायण जगदिशनले २९ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए ।

राम्रो सुरुआत गरेको कोलकत्ताका लागि दुई ओपनरले पहिलो विकेटका लागि ५६ बलमा ८३ रनको साझेदारी गरेका थिए । बेंग्लोरका लागि १० औं ओभरमा विजयकुमार बैशाखले २ विकेट लिएसँगै बेंग्लोरले खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, तेस्रो विकेटका लागि नितिश राणा र वेंकटेस अय्यरले ८० रनको सानदार साझेदारी गरे । कप्तान राणाले २१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाए । 

अय्यरले २६ बलमा ३ चौकाको सहयोगमा ३१ रन बनाए । रिंकु सिंहले १० बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १८ रन बनाए । डेबिड बिजे ३ बलमा १२ रनमा अविजित रहे । 

कोलकत्ताले पछिल्लो पाँच ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको थियो ।

बेंग्लोरका लागि विजयकुमार बैशाख र वानिन्दु हसरंगाले समान २/२ तथा मोहम्मद सिराजले १ विकेट लिए । 

कोलकत्ता लगातार हारको शृंखला तोड्न चाहन्छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको छ । कोलकत्ता सात खेलमा दुई जित र पाँच हारका साथ आठौं स्थानमा रहेको छ । 

बेंग्लोर पनि यस खेलमा जित हात पारी शीर्ष स्थानको दावेदारी पेश गर्न चाहन्छ । बेंग्लोर ७ खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा बेंग्लोरले राजस्थानलाई हराएको थियो । कोलकत्ता भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता तथा दुईमा बेंग्लोर विजयी भएका छन् । 

यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा कोलकत्ता ८१ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

LiNing Ad
बेंग्लोरलाई २०१ रनको लक्ष्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

Bajaj Pulsar Motorcycle Ad
‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली