• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बेंग्लोरलाई २०१ रनको लक्ष्य
खेलपाटी संवाददाता
बुधबार, वैशाख १३, २०८० खेलपाटी संवाददाता
बेंग्लोरलाई २०१ रनको लक्ष्य

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)को ३६ औं खेलमा कोलकत्ता नाईट राईडर्सले २ सय १ रनको लक्ष्य दिएको छ ।  

बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो । 

कोलकत्ताका लागि ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर नारायण जगदिशनले २९ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए ।

राम्रो सुरुआत गरेको कोलकत्ताका लागि दुई ओपनरले पहिलो विकेटका लागि ५६ बलमा ८३ रनको साझेदारी गरेका थिए । बेंग्लोरका लागि १० औं ओभरमा विजयकुमार बैशाखले २ विकेट लिएसँगै बेंग्लोरले खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, तेस्रो विकेटका लागि नितिश राणा र वेंकटेस अय्यरले ८० रनको सानदार साझेदारी गरे । कप्तान राणाले २१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाए । 

अय्यरले २६ बलमा ३ चौकाको सहयोगमा ३१ रन बनाए । रिंकु सिंहले १० बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १८ रन बनाए । डेबिड बिजे ३ बलमा १२ रनमा अविजित रहे । 

कोलकत्ताले पछिल्लो पाँच ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको थियो ।

बेंग्लोरका लागि विजयकुमार बैशाख र वानिन्दु हसरंगाले समान २/२ तथा मोहम्मद सिराजले १ विकेट लिए । 

कोलकत्ता लगातार हारको शृंखला तोड्न चाहन्छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको छ । कोलकत्ता सात खेलमा दुई जित र पाँच हारका साथ आठौं स्थानमा रहेको छ । 

बेंग्लोर पनि यस खेलमा जित हात पारी शीर्ष स्थानको दावेदारी पेश गर्न चाहन्छ । बेंग्लोर ७ खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा बेंग्लोरले राजस्थानलाई हराएको थियो । कोलकत्ता भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा तीन पटक कोलकत्ता तथा दुईमा बेंग्लोर विजयी भएका छन् । 

यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा कोलकत्ता ८१ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
नेपालको चुनौती सुरु
नेपालको चुनौती सुरु
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बुटवलको जितमा करुणा निर्णायक
बुटवलको जितमा करुणा निर्णायक
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
१४ वर्षपछि भारत आउँदै मेसी
१४ वर्षपछि भारत आउँदै मेसी
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP