काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) बलिङ वरीयता सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै ५२ औं स्थानमा रहेका छन् ।
बलिङ तर्फ नै सन्दीप लामिछानेको वरीयता एक स्थान सुधार गर्दै २२ औं स्थानमा रहेका छन् । सोमपाल कामी ६८ स्थानमा यथावत रहँदा एक स्थान सुधार गर्दै करण केसी ९५ औं स्थानमा रहेका छन् ।
ब्याटिङ तर्फ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल दुई स्थान तल झरेर ६१ औं स्थानमा रहेका छन् । ब्याटिङ तर्फ नै ओपनर ब्याटर आसिफ शेख ६ स्थान तल झरेर ७३ औं स्थानमा रहेका छन् ।
नेपाल भने १४ औं स्थानमा कायमै रहेको छ । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।
अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, भारत तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।