काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए' को अन्तिम खेलमा कतारविरुद्ध नेपालले टस हारेको छ ।
टस हारेको नेपालले कतारविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
गत शुक्रबार ओमानविरुद्धको खेलमा टिममा रहेका करण केसी बाहिरिएका छन् । करणको स्थानमा गुलशन झाले मौका पाएका छन् ।
नेपालको प्लेइङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी