• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अन्तिम यू-१९ क्रिकेट खेल्ने पाँच खेलाडी
विश्वास थापा
शनिबार, भदौ ७, २०७६ विश्वास थापा
अन्तिम यू-१९ क्रिकेट खेल्ने पाँच खेलाडी
यू १९ राष्ट्रिय टिमका खेलाडी, बाँयाबाट क्रमस हरी बहादुर चौहान, पवन सर्राफ र आशिफ शेख

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली यूवा टोलीको घोषणा भईसकेको छ ।

नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । र, नेपाली टोली शनिबार श्रीलंका समेत प्रस्थान गरिसकेका छन् ।

एसिया कप भदौ १९ देखि २८ गतेसम्म हुनेछ । र , नेपालले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

समूह 'ए' मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको दुई शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपालले घोषणा गरेको १५ सदस्सीय टोलीमा रहेका केहि खेलाडीको भने यो अन्तिम यू-१९ प्रतियोगिता हुनेछ । उमेरको हिसाबमा नेपालका ५ खेलाडीले अन्तिम पटक यू-१९ क्रिकेट खेल्दैछन् ।

नेपालका लागि अन्तिम पटक यू-१९ क्रिकेट खेल्ने पाँच खेलाडीको नालीबेली तल उल्लेख गरिएको छ ।

१. पवन सर्राफ

नेपाली राष्ट्रिय यू-१९ टोलीका ओपनर हुन्, पवन सर्राफ । नेपालका लागि उमेर समूहमा ओपनिङ गर्ने पवन घरेलु तथा सिनियर टोलीमा मध्य क्रममा ब्याटिङ गर्ने गर्छन् ।

गत महिना मलेसियामा सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालका लागि ओपनिङ गरेका पवनले ४९ दशमलव ३३ को औसतमा १४८ रन बनाएका थिए । प्रतियोगितामा पवन सर्वाधिक रन बनाउने खेलाडीको सूचीको तेस्रो तथा नेपालको लागि पहिलो स्थानमा रहेका थिए ।

त्यसअघि आईसीसी यू-१९ विश्वकप छनोट प्रतियोगितामा २७ दशमलव २० को औसतमा १३६ रन बनाएका थिए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीको छैठौं स्थानमा रहे । नेपली ब्याट्सम्यान मध्य पवन सर्वाधिक रन बनाउने तेस्रो खेलाडी बने । उनी भन्दा अघि रहेका रोहित कुमार पौडेलले १९४ रन र रित गौतमले १५६ रन बनाएका थिए ।

अलराउण्डर प्रदर्शन गर्ने पवनले सिनियर टिमबाट यसै वर्ष डेब्यु गरेका थिए । युएईविरुद्ध डेब्यु गरेका उनले फिनिसरको भूमिका निर्वाह गरेका थिए ।

तर, यस पटकको यू-१९ एसिया कप पवनको अन्तिम यू-१९ प्रतियोगिता हुनेछ । पवनको उमेर अहिले १८ वर्ष २४९ दिनको रहेको छ । यू-१९ टिममा १९ वर्ष पुगेका खेलाडीले खेल्न नपाउने हुँदा पवनको यो अन्तिम यू-१९ खेल हुनेछ ।

२. राशिद खान

दाँया हाते मध्यम गतिका बलर राशिद घरेलु प्रतियोगितामा अलराउण्डर प्रदर्शन गर्दै आएका छन् । उनले चाहिएको बेला ब्याटिङमा समेत आफुलाई प्रमाणित गरेका केहि उदाहरण छन् ।

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालका लागि ३ इनिङसमा २ विकेट हात पारेका राशिदले ८० दशमलब ५३ प्रतिशत डट बल फालेका थिए । प्रतियोगितामा उनको इकोनमि मात्र २ दशमलब १२ को रहेको थियो ।

यस्तै आईसीसी यू-१९ विश्वकप छनोट प्रतियोगितामा ४ खेलमा ३ विकेट हात पारेका उनले ३ दशमलव २५ को इकोनमि रहेको थियो ।

राशिदले एभरेस्ट प्रिमिएर लिग (ईपीएल) मा ललितपुर पेट्रिएट्स, धनगडी प्रिमिएर लिग (डिपीएल) मा काठमाडौं गोल्डेन्स र पोखरा प्रिमिएर लिग (पीपीएल) मा पोखरा पल्टनसबाट खेल्दै आएका छन् ।

तर, १८ वर्ष १८४ दिन पुगेका राशिदको यो अन्तिम उमेर समूहको प्रतियोगिता हुनेछ । यू-१९ एसिया कपमा उनले अन्तिम पटक उमेर समूहको जर्सी लगाउने देखिएको छ ।

३. हरि बहादुर चौहान

नेपालको राईजिङ खेलाडीको सूचीमा पर्ने खेलाडी हुन्, हरि । दोस्रो संस्करणको पीएम कपमा कीर्तिमानी प्रदर्शन गरेपछि उनले पछाडी फर्केर हेर्न परेको छैन । प्रदेश ४ बाट खेलेका उनले प्रदेश १ विरुद्दको खेलमा शतकसहित ह्याट्रिक विकेट लिएका थिए । जुन घरेलु प्रतियोगिताको दुर्लभ रेकर्ड हो ।

हरिले तेस्रो संस्करणको पीएम कपमा त्रिभुवन आर्मीबाट खेल्दै प्रतियोगिता भर १ सय ५४ रन बनाएका थिए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सातौं स्थानमा रहेका थिए । र.आर्मीबाट सर्वाधिक रन बनाउने चौथो खेलाडी बनेका थिए ।

सन् २०१९ को आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत युएईविरुद्दको खेलमा डेब्यु गर्दै उनले अविजित ७४ बलमा ६७ रन बनाएका थिए ।

हरिले छोटो समयमा राम्रो खेलाडीको परिचय दिएका छन् । उनी भविष्यमा नेपालका लागि मध्य क्रमको ब्याटिङ सम्हाल्ने क्षमता राख्दछन् ।

तर, हरिको लागि यू-१९ एसिया कप अन्तिम उमेर समूहको प्रतियोगिता हुनेछ । किनकि हरि अहिले १८ वर्ष २०३ दिनका भईसकेका छन् ।

४. मोहमद आसिफ शेख

कुनै समय यू-१९ टिममा नियमित सदस्य रहेका कप्तान आसिफ शेख खराब लयका कारण केहि वर्ष टिम बाहिर रहेका थिए । तर, श्रीलंकामा हुने यू-१९ एसिया कपका लागि टोलीमा पर्दै आसिफले यू-१९ टोलीमा पुनरागमन गरेका छन् ।

तर, यू-१९ एसिया कप आसिफको लागि अन्तिम यू-१९ प्रतियोगिता हुनेछ । किनकि १८ वर्ष ६३ दिन पुगेका आसिफले उमेरको कारण अर्को यू-१९ प्रतियोगिता खेल्न पाउने छैनन् ।

आसिफले पहिलो संस्करणको ईपीएलमा फाइनल खेलमा शतक प्रहार गर्दै सनसनी फैलाएका थिए । पन्चकन्या तेजबाट ओपनिङ गरेका उनले ६४ बलको सामना गर्दै ८ छक्का र ७ चौकाको मद्दतमा अविजित १ सय ११ बनाएका थिए ।

शतकीय इनिङ्स खेल्दै उनले पहिलो संस्करणको उपाधि आफ्नो टिमलाई जिताउन सफल भएका थिए भने ईपीएलमा शतक प्रहार गर्ने आसिफ पहिलो खेलाडी हुन् ।

५. कमल सिंह ऐरी

दाँया हाते मध्यम गतिका बलर कमल यू-१९ टिममा नियमित सदस्य हुन् ।

गत महिना मलेसियामा सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालका लागि ३ इनिङसमा ५ विकेट हात पारेका कमलले ८४ दशमलब २६ प्रतिशत डट बल फालेका थिए । प्रतियोगितामा उनको इकोनमि मात्र २ दशमलब ५६ को रहेको थियो ।

यस्तै आईसीसी यू-१९ विश्वकप छनोट प्रतियोगितामा ४ खेलमा ४ विकेट हात पारेका उनले ३ दशमलब ३३ को इकोनमि रहेको थियो ।

कमलले एभरेस्ट प्रिमिएर लिग (ईपीएल) मा चितवन टाइगर्स, धनगडी प्रिमिएर लिग (डिपीएल) मा सिवाईसी अत्तरिया र पोखरा प्रिमिएर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजबाट खेल्दै आएका छन् ।

तर, १८ वर्ष २४७ दिन पुगेका कमलको लागि समेत यो प्रतियोगिता अन्तिम उमेर समूहको प्रतियोगिता हुनेछ ।

अन्य खेलाडीको उमेर :

रोहित कुमार पौडेल : १६ वर्ष १४८ दिन
रित गौतम : १७ वर्ष ३४१ दिन
सन्दीप जोरा : १७ वर्ष १०५ दिन
भिम सार्की : १७ वर्ष ३३२ दिन
कुशल मल्ल : १५ वर्ष १६४ दिन
सागर ढकाल : १७ वर्ष १० दिन
प्रतिष जिसी : १५ वर्ष १५२ दिन
खडक बोहरा : १७ वर्ष ४४ दिन
लोकेश बम : १६ वर्ष ७० दिन
सुर्य तामाङ : १७ वर्ष ३२८ दिन

नोट : सबै खेलाडीको उमेर समाचार प्रकाशित हुँदाको मितिमा गणना गरिएको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP