काठमाडौं । एनइए र नेपाल मोडेल दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एनइएले मातृभुमिलाई ३२–२७ ले पराजित गर्यो । एनइएका नारायण लोहनीले १९ अंक जोडे । नेपाल मोडेलले भ्याली पब्लिकलाई ३५–२९ ले हरायो । नेपाल मोडेलका कृष्ण काफ्लेले १० स्कोर गरे ।
जुनियर ब्वाइजमै आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले पारामाउन्टलाई २९–२० तथा स्किब्सले नव ज्ञानभुमिलाई १६–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । इबीएका समिर खनालले १४ तथा स्किब्सका क्षितिज आले मगरले १० स्कोर गरे ।
गल्र्सको थ्री बाइ थ्रीमा इबीएको तीनै टोली ‘ए’, ‘बी’ र ‘सी’ ले सेमिफाइनल यात्रा तय गरे । आयोजकसंगै नाम्सले पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
इबीए ‘ए’ ले मातृभुमिलाई १९–१५, इबीए ‘बी’ ले नेसनल युनाइटेडलाई १४–१२ तथा इबीए ‘सी’ ले बालविकासलाई १०–८, नेसनल युनाइटेडलाई १४–२ र अमृत ‘बी’ लाई १२–९ ले निराश पारे । नाम्सले काठमाडौं ग्लोबललाई १८–१४, मातृभुमिलाई १०–७ र अमृत ‘ए’ लाई १८–१४ ले पाखा लगाए ।