बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण

सोमबार, २६ जेठ २०८२खेलपाटी संवाददाता
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
mustang rice ad

काठमाडौं। लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ। लुम्बिनी सर्वाधिक ४ स्वर्ण जित्दै च्याम्पियन बन्यो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश २ स्वर्ण र ५ रजतसाथ दोस्रो भयो। गण्डकी प्रदेश र मधेश प्रदेश समान २ स्वर्ण, १ रजत र १ कांस्यसाथ संयुक्त रूपमा तेस्रो भए। १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान १–१ स्वर्ण जिते।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो तथा अन्तिम दिन छात्र/छात्रामा समान ३–३ गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। छात्र २ सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए। उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे। मधेशका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए। सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन्।

अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिन्। कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेशकी वर्षा योञ्जन तेस्रो बने। नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगिताको छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते।

उनले २ मिनेट ०७.४ सेकेन्ड समय निकाले। कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य हात पारे। उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए।

छात्र ४ गुणा १ सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे। त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

ग्रिजमानको निर्णायक गोल

ग्रिजमानको निर्णायक गोल

सिटी फाइनलनजिक

सिटी फाइनलनजिक