पोखरा। पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ।
पोखराको नदिपुर ३ भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा शनिबार भएको फाइनलमा गलेश्वरलाई हराउँदै बेनपाले छात्रतर्फको उपाधि जितेको हो। उपाधिसँगै बेनपाले नगद २० हजार प्राप्त गरेको छ।
दोस्रो भएको गलेश्वरले १० हजारमा चित्त बुझायो। छात्रातर्फको उपाधि माउन्ट अन्नपूर्णले मर्दिखोलालाई हराएर उपाधि जित्न सफल भएको छ। उपाधिसँगै अन्नपूर्णले नगद १५ हजार प्राप्त गर्दा मर्दिखोलाले ८ हजारमा चित्त बुझायो।
प्रतियोगितामा मोस्ट भ्यालुएबल छात्रतर्फ एलोन शेरपुर्जा हुँदा छात्रातर्फ सोयक्ष पुन बन्न सफल भइन्। हाइस्कोरर छात्रतर्फ इन पुन भए भने छात्रातर्फ आयुमी बाटाजुले जित्न सफल भइन्। मोस्ट भ्यालुएबल छात्ररछात्राले समान २ हजार प्राप्त गर्दा हाइस्कोरर छात्र/छात्राले समान १ हजार रुपैयाँ प्राप्त गरे।